बुधबार, असोज १० गते २०८० || Sep 27, 2023
images
images

सिमा सुरक्षामा कडाई गरिदै परिचयपत्र अनिवार्य


पश्चिम प्रेस
आइतबार, कात्तिक १४ २०७८
  • 1.1K
    Shares

  • images
    images
    सिमा सुरक्षामा कडाई गरिदै परिचयपत्र अनिवार्य
    images
    images
    images
    images

    महेन्द्रनगर । सरकारले सिमा सुरक्षामा थप कडाई गर्न लागेको छ । नाकामा आवतजावत गर्नका लागि दुवै देशका नागरिकलाई परिचयपत्रको व्यवस्था गर्न प्रस्ताव गरेको छ । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको भन्दै सरकारले भारत सरकारसमक्ष यस्तो प्रस्ताव राख्ने तयारी गरेको हो ।
    नेपाल–भारत खुला सिमानाकाबाट  अफगानिस्तान, म्यान्मारलगायत मुलुकबाट नेपाल पसेकाहरू शरणार्थीका रूपमा यहीं बसोबास गर्न थालेपछि गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो । त्यसक्रममा नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको हो । पछिल्लो समयमा अफगानिस्तानमा भएको सत्ता परिवर्तनपछि भारत हुँदै बेलहिया नाकाबाट अफगानी नागरिक नेपाल पसेका छन । त्यसअघि म्यान्मार, इराकलगायत मुलुकका नागरिक शरणार्थीका रूपमा नेपाल आइसकेका छन । 


    प्रतिक्रिया दिनुहोस