मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

धनगढी विमानस्थलमा नेपालको स्वागत


पश्चिम प्रेस
बिहीबार , कात्तिक ११ २०७८
  • 1.0K
    Shares

  • images
    images
    धनगढी विमानस्थलमा नेपालको स्वागत

    धनगढी : केपी ओलीको हठ प्रवृित नसच्चिएकाले आफूले  रिक्स मोलेर भएपनि नयाँ पार्टी खोल्नु परेको नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले बताए । सुदूरपश्चिम प्रदेशको भ्रमणका क्रममा आज कैलालीको गेटा विमानस्थलमा पत्रकारहरुसँग कुराकानीमा गर्दै उनले आफूले केपी ओली सचिन्छन कि,सुध्रीन्छकी भनेर बहुत समय पर्खेको ,पार्टीमा धेरै अपमानित भएर पनि सहेको तर उनी सुध्रिने छाँटकाँट नदेखिएपछी नयाँ पार्टी गठन गरेको बताए। उनले देशभरमै एकीकृत समाजवादी पार्टीको पक्षमा जनलहर उर्लेकाले आगामी निर्वाचनमा केपी ओलीलाई राम्रोसँग देखाउने गरी आफ्नो पार्टीको पक्षमा नतिजा आउने ठोकुवा गरे । तपाईंको पार्टी अर्को पार्टीसँग एकीकरणको प्रक्रियामामा त जाँदैन भन्ने पत्रकारको प्रश्नमा उनले निर्वाचनको बेला चुनावी तालमेल भएपनि आफूहरु कसैसँग पनि पार्टी एकीकरण गर्ने पक्षमा नरहेको बताए । उनले हिजो मात्रै आफू सर्लाहीबाट फर्किएको र त्यहाँको जनलहर देख्दा आगामी निर्वाचनमा आफ्नो  पार्टी मजबुत स्थितिमा आउने दाबी गरे । अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेश सभामा आफ्नो पार्टीलाई १ नम्बर बनाउन अहोरात्र खट्ने सम्पुर्ण प्रदेश सांसद र कार्यकर्तालाई धन्यवाद समेत दिएका छन । विमानस्थलमा संचारक्रमीसँगको कुराकानी पछि अध्यक्ष नेपाल आजै नेकपा एकीकृत समाजवादी पार्टीको कंचनपुर जिल्ला कार्यालय उद्घाटन एवं कार्यकर्ता भेटघाटका लागि महेन्द्रनगर तर्फ निस्किएका छन् । उनका साथमा नेता एकीकृत समाजवादीका नेता भानुभक्त जोशी ,गरिमा शाह,प्रदेश मन्त्री  र प्रदेश सांसदको पनि उपस्थिति रहेको थियो ।


    प्रतिक्रिया दिनुहोस