अछाम । पञ्चदेवल विनायक नगरपालिका ४ का विनोद शाहीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंगलबार साँझ सोही वडाका पाँच जना युवकलाई पक्राउ गरेको हो । उनीहरू सबैलाई विनोदको हत्यामा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
पीडित परिवारले न्यायको माग गर्दै दिनहुँ पञ्चदेवल विनायकमा विरोध प्रदर्शन गरिरहेका छन् । नगर प्रमुख लगायतका नाममा किटानी जाहेरी दर्ता नगरी प्रहरीले दोषीलाई बचाउन खोजेको भन्दै पीडित परिवारले विनायक बजारमा दिनहुँ प्रदर्शन गर्दै आएका बेला पाँच जनालाई नियन्त्रणमा लिइएकाे हाे ।
.gif)