सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा


पश्चिम प्रेस
शुक्रबार, जेठ २७ २०७९
  • 982
    Shares

  • images
    images
    धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा

    कैलाली । धनगढीमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएको छ ।उपमहानगरपालिका–३ बोराडाँडीमा शुक्रबारदेखि भाटभटेनीको सेवा सुरु भएको हो । देशकै सबैभन्दा ठूलो चेन सुपरस्टोरको यो २३ औं स्टोर हो । स्टोरको एक समारोहकाबीच शुक्रबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो ।

    देशभर आफ्नो सेवा विस्तार गर्ने अभियानमा रहेको भाटभटेनीले सुुदूरपश्चिम प्रदेशमा भने धनगढीबाट पहिलोपटक सेवा शुभारम्भ गरेको हो ।स्टोरमा खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामान, कस्मेटिक, फर्निचर लगायत सम्पूर्ण सामानहरु उपलब्ध छन् । उद्घाटनको अवसरमा ग्रोसरीमा १० प्रतिशत र विद्युतीय सामग्रीमा २० प्रतिशतसम्म छुट रहेको भाटभटेनी प्रमुख मिन गुरुङले बताउनुभयो । साथै निःशुल्क होम डेलिभरी सुविधा रहेको उहाँले जानकारी दिनुभयो ।

     


    प्रतिक्रिया दिनुहोस