इच्छाशक्ति र लगनशीलता भएमा कुनै कुरा पनि असम्भव हुँदैन । मानिसले अनुशासित एवम् कर्तव्यनिष्ठ भएर अघि बढेमा जस्तोसुकै कठोर मिहिनेत गरे एक न एक दिन लक्ष्यमा पुग्न सकिन्छ भन्ने उदाहरण गोरख चन्दले सही साबित गरेका छन् । वि.सं. २०४९ जेठ ५ गतेका दिन बैतडीको तिताबैमा जन्मिएका गोरख चन्द पेशाले विद्यार्थी र शिक्षक दुबै हुन् । आमा भागरथी देवी चन्द र बुबा रन्जित चन्दका तेस्रा सन्तानका रुपमा जन्मिएका उनले विजयापुर मा.वि. तिताबैबाट प्रथम श्रेणीमा एस एल सि. उत्तिर्ण गरेका थिए । एस.एल.सि. पछि त्यसै विद्यालयबाट स्नातक उत्तिर्ण गरेका उनी गाउँकै सुनौला प्रावि.मा शिक्षण गर्न थाले । केही समय गाउँमा शिक्षण गरेपछि उच्चशिक्षाका लागि कञ्चनपुरमा आए ।
मध्यमवर्गीय परिवारमा जन्मिएका उनका बुबा गाउँमै कृषिकर्म गर्ने र सानोतिनो व्यवशाय गरेर छोराहरुको पढाइलेखाइ गराइरहेको भए पनि उनकै खर्चले सबैकुरो भ्याउन कठीन भएपछि गोरख चन्द कञ्चनपुरकै नीजि विद्यालयहरुमा शिक्षण गर्न थाले । शिक्षणसँगै उनले कुमायू विश्वविद्यालयबाट अर्थशास्त्रमा एम.ए. सम्मको अध्ययन गरे । उनले अध्ययनकै समयमा ध्रुवतारा, लिटिल स्टार, युनाइटेड, ज्ञानवाटिका लगायतका नीजि विद्यालयहरुमा गणित र कम्प्युटर शिक्षकका रुपमा करीब सातआठ वर्षजति शिक्षण गरे भने त्यसै गरी सरकारी तर्फ महेश्वर मा.वि.मा एक वर्षजति कम्प्युटर शिक्षकका रुपमा काम गरे । त्यसै गरी अध्ययनकै क्रममा उनी अपरेटरका रुपमा विभिन्न राष्ट्रिय परिचय पत्र बनाउने काममा पनि सेवा गरेको पाइन्छ । हाल उनी निजामति कर्मचारी आवासिय विद्यालयमा शिक्षण गर्दै आइरहनु भएको छ । उनले अर्थशास्त्रबाट एम गरे पनि पढाइको भोक मिटाउन सकेनन् । त्यसपछि शिक्षणकै क्रममा सुदूरपश्चिम विश्वविद्यालयमा वि.एड.सि.एस.आइ.टि.मा भर्ना भए । एकातिर शिक्षणमा दिनभरी थाक्नुपर्ने अर्कोतर्फ राम्रो अंकमा वि.एड.सि.एस.आइ.टि. पास गर्ने चाहाना, कठोर मिहिनेतका साथ उनले स्नातक तहमा शिक्षाशास्त्र संकायमै प्रथम स्थानमा उत्तीर्ण भइ सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा दीक्षित भइ भाइस चान्सलर पदकबाट सुशोभित हुनभएको छ । उनले शिक्षा संकाय प्रथमका रुपमा श्वर्णपदक र विश्वविद्यालय प्रथमका रुपमा भाइस चान्सलर पदक प्राप्त गर्नुभएको छ । बहुमुखी प्रतिभाका धनी चन्द कोर्षको पढाइमा मात्र नभएर अन्य कुरामा पनि उत्तिकै अब्बल हुनुहुन्छ । उहाँ सु.प. केन्द्रीय क्याम्पसले आयोजना गरेको अतिरिक्त कार्यक्रममा अन्तर्गत विभिनन प्रतियोगितामा भाग लिएर मिस्टर एजुकेशनको पुरस्कार समेत जित्न सफल हुनुभएको थियो । साहित्य क्षेत्रमा पनि उनको विशेष रुचि रहेको पाइन्छ । उनका मुक्तक, गजल र अन्य विविध लेखहरु पनि प्रकाशित भएको पाइन्छ । साहित्यिक क्षेत्रमा लाग्दा केही वर्ष महाकाली गजल प्रतिष्ठानमा पनि सदस्यका रुपमा केही वर्ष काम गरेको पाइन्छ माथिल्लो तह पास गरिसकेपछि तल्लो तहमै फर्किएर मिहिनेत साथ गोल्ड मेडल पाउने मानिस सायद बिरलै होलान् तर उनले अर्थशास्त्रबाट स्नातकोत्तर गरिसकेपछि पुनः स्नातक तहमा अध्ययन गरी गोल्ड मेडल पाउन सफल हुनुभएको छ । यसरी कठोर मिहिनेत र इच्छाशक्तिले कुनै कुरा पनि असम्भव हुँदैन भन्ने कुरा उनले प्रमाणित गरेर छाडेका छन् ।
.gif)