शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा मल अभावका बीच रोपाइँ


पश्चिम प्रेस
आइतबार, असार १२ २०७९
  • 872
    Shares

  • images
    images
    कञ्चनपुरमा मल अभावका बीच रोपाइँ

    महेन्द्रनगर ।  कोही खेत जोत्दै छन् । कोही खनिरहेका छन् । महिलाहरू धान रोप्दै छन् । चर्को घामका बीच पनि कृषकहरूलाई रोपाइँ गर्न भ्याइनभ्याइ छ । खेतिपातीका बेला रासायनिक मलको हाहाकार छ । अर्कोतिर असार दोस्रो सातासम्म पनि वर्षा भएको छैन । यसका बाबजुद पनि कृषकहरू धमाधम रोपाइॅमा जुटेका हुन् ।पश्चिम तराइको कैलाली र कञ्चनपुरको मुख्य खेती धान बाली नै हो । यस क्षेत्रमा लामो समयदेखि वर्षा हुन सकेको छैन । अर्कोतर्फ रासायनिक मलको हाहाकार छ । यि समस्याका बाबजुद पनि कृषकहरू जेनतेन रोपाइॅमा गरिरहेका छन् ।यसपाली त पानी पनि परेन, मल पनि पाइएन,’ भीमदत्त नगरपालिका १० का दिपक जोशीले भने, ‘जेनतेन रोपाइॅ गरिरहेका छौं, मल विना नै रोपाइॅ भयो ।’ उक्त क्षेत्रमा भूमिगत सिंॅचाइबाट रोपाइॅ गरिन्छ । सिँचाइका लागि खेतमा पानी भर्न निकै बढी समय लागिरहेको उनले बताए ।

    विगतमा अर्मपर्म गरेर रोपाइॅ लगाउने चलन थियो । तर अहिले कृषि कर्म गर्नेको संख्या कम हुॅदै गएपछि अर्मपर्म गर्नेहरू घटेका छन् । जसका कारण ग्रामीण भेगमा कृषि मजदुर पाउन समेत समस्या हुने गरेको छ । ‘रोपाइॅका लागि मजदुर पाउनै गाह्रो छ,’ अर्का कृषक रामदत्त पन्तले भने, ‘एकातिर मल र सिॅंचाइको असुविधा छ भने अर्कोतिर बीउविजनदेखि कामदार पाइँदैनन ।’ उनले पछिल्लो समय धानको उत्पादनसमेत घट्दै गएको बताए ।

    विगतमा हलगोरुबाट रोपाइॅ गरिने चलन थियो । तर अहिले हलगोरु भेट्नै मुस्किल हुन्छ । अधिकांशले ट्र्याक्टर तथा पावर टिलरको प्रयोग गर्छन् । कृषि यन्त्रहरूको प्रयोग बढ्दा हलगोरुको प्रयोग घटदै गएको छ । खेतीयोग्य जमिन खण्डीकरण हुॅदै गएका कारण पनि कृषकहरूले हलगोरु पाल्न छाडेका हुन् । वर्षभरि हलगोरु पालेर रोपाइॅ गर्नुभन्दा पनि ट्रयाक्टरले रोपाइॅ लगाउन सस्तो पर्ने कृषकहरू बताउछन् ।कञ्चनपुरमा करिब ४८ हजार हेक्टरमा धान खेती गरिन्छ । यहाँ धानको उत्पादकत्व करिब ४ मेट्रिक टन प्रति हेक्टर छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लाभरिमा करिब ५ प्रतिशत रोपाँइ भएको छ । वर्षा नभएका कारण रोपाइॅ कम भएका ज्ञान केन्द्रका प्रमुख दिलबहादुर विष्टले बताए । कान्तिपुरबाट

    ropai.png
    undefined


  • सम्बन्धित विषय:

  • # कञ्चनपुर
  • प्रतिक्रिया दिनुहोस