मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

चिसो बढेपछि बाक्लो लुगाको व्यापार


पश्चिम प्रेस
मंगलबार, पुस ६ २०७८
  • 787
    Shares

  • images
    images
    चिसो बढेपछि बाक्लो लुगाको व्यापार

    महेन्द्रनगर । कञ्चनपुर सहित देशभर चिसोबढेपछि महेन्द्रनगरका स्थानीय बजारमा बाक्लो लुगाको व्यापार बढेको छ । केही दिनयता  बिहान बेलुका अत्यधिक चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको व्यापार बढेको हो । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर बजार,ब्रह्मदेव बजार,झलारी बजार लगायत अन्य ठाउँका मुख्य बजारमा बाक्ला लुगाको व्यापार बढेको व्यवसायिहरुको भनाई छ ।  दिनमा घाम लागेपनि बिहान बेलुका अत्यधिक चिसोबढेपछि न्यानो लुगा किन्न आउनेहरुको संख्या बढेको व्यवसायिहरुको भनाई छ ।

    22222.jpg
    महेन्द्रनगर बजारमा न्यानो लुगा किन्नेको भीड ।


    त्यसैगरी मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।राति प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु÷कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


    प्रतिक्रिया दिनुहोस