महेन्द्रनगर । साहित्यिक पत्रकार संघ नेपालको सुदूरपश्चिम प्रदेश समिति आज गठन भएको छ । संघका केन्द्रीय अध्यक्ष मोहन दुवालको संयोजकत्वमा आज गठित समितिको अध्यक्ष पदमा डम्बर शर्मा बडू चयन भएका छन् । त्यसै गरी उपाध्यक्षमा लक्ष्मीप्रसाद पौडेल, सचिवमा कविराज भट्ट, कोषध्यक्षमा कर्ण दयाल चयन भएका छन् भने सदस्यमा चन्द्रकला पन्त, यज्ञराज यात्री, एम के जोशी, एन के सलेनी, प्रकास पैतोला, तुलसी प्रसाद पण्डित र तीर्थराज भट्ट चयन भएका छन् । प्रदेश समितिको सल्लाहकारमा डा. पुष्कर भट्ट, वीर बहादुर चन्द, जगदीश ओझा, डा. टेकराज पन्त, नारा जोशी, रमेश पन्त मीतबन्धु,कल्यान ओझा, जनक रसिक र लक्की चौधरी मनोनयन भएका छन् ।
.gif)