महेन्द्रनगर । सरकारको स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना पुन : सञ्चालनमा ल्याउने तयारी भएको छ ।
दुई दशक बढीदेखि बन्द रहेको कारखाना सञ्चालनका लागि आवश्यक अध्ययन गर्न अर्थ मन्त्रालयले समिति बनाएर काम अगाडी बढाएको छ । उद्योग मन्त्रालय, सरकारी उद्योग तथा संस्थान शाखाका प्रमुख गिरिराज ज्ञवालीले कारखाना सञ्चालनका लागि अर्थमन्त्री समक्ष प्रतिवेदन पेश गरेको जानकारी दिए। उनले अर्थमन्त्रालय सकारात्मक भएकाले कम्पनी पनि पुनः ब्युँताउन लागिएको बताए ।
.gif)