संस्कृति हरेक मानिसको तथा समुदायको मौलिक पहिचान हो । संस्कृतिमा हाम्रो लोकजीवनका साथै विभिन्न कुराहरु निहित रहन्छन् । हाम्रा पुर्खाहरुले विभिन्न किसिमका संघर्षहरु गरेर निर्माण गरेको संस्कृति हाम्रो जीवन जिउने आधार हो । अर्को अर्थमा भन्नुपर्दा संस्कृति जीवनलाई सहज तरिकाले हाँसिखुसी जिउने कला पनि हो । संस्कृतिभित्र हाम्रो इतिहास लुकेको हुन्छ । यसका साथै समाजलाई सद्मार्गमा डो¥याउन तथा एकताबद्ध रुपमा अघि बढाउने काम संस्कृतिले गरेको हुन्छ । त्यसै गरी भुगोल अनुसारको जीवनपद्दति संस्कृतिले अगालेको हुन्छ । समग्रमा भननुपर्दा संस्कृतिले हाम्रो मौलिक पहचान र परम्परालाई झल्काएको हुन्छ । यस्तै हाम्रो मौलिकता झल्काउने चाँडपर्वहरु पनि हाम्रो संस्कृतिका अभिन्न अंग हुन । चाँडपर्व केवल धर्मसँग मात्रै सम्बन्धित नभएर समाजसँग जोडिएका हुन्छन् । समाजमा भाइचाराको सम्बन्धका साथै मानवीयताको आदर्श सिकाउने काम हाम्रा चाँडपर्वहरमा गरेको हुन्छ । समाजको एकता कायम गरिराख्न पनि यस्ता चाँडपर्वहरुको विशेष महत्व हुन्छ । यसका साथै हाम्रा पुर्खाहरुले स्थापना गरेका चाँडपर्वहरुमा विशेष किसिमको वैज्ञानिकता पनि लुकेको हुँछ । हामीले हाम्रा चााडपर्वहरुलाई केवल आनन्दका लागि मात्रै सम्झिनु हुँदैन । यसभित्र गरिने क्रियाकलापहरुले हाम्रो जीवनमा दृष्य तथा अदृष्य रुपमा फाइदा पुगाइरहेको हुन्छ ।
सुदूरपश्चिम भाषा र संस्कृतिमा अत्यन्तै समृद्ध रहेको छ । यस क्षेत्रमा विभिनन मौलिक पर्वहर पनि मनाइदै आएको पाइन्छ । यस्ता पर्वहरुको धार्मिक, सामाजिक, संस्कृतिक, ऐतिहासिक, वैज्ञानिक आदि विविध महत्व रहेको पाइन्छ । यस्तै विविध पर्वहरु मध्येको एक पर्व हो हरेली संङ्क्रान्ति । श्रावण सङ्क्रान्तिलाई हिन्दु धर्म परम्परामा विशेष महत्वको मानिन्छ । त्यसमा पनि सुदूरपश्चिम क्षेत्रमा मनाइने यो पर्व र श्रावण महिनाको आफ्नो छुट्टै मौलिकता रहेको पाइन्छ । यस समुदायमा विशेष गरी श्रावण सङ्क्रन्तिलाई हरेली सङ्क्रन्तिको रुपमा चिनिदै आएको पाइन्छ । यस महिनालाई कालो महिनाको रुपमा पनि लिने गरिन्छ । हरेलीको दिन यस क्षेत्रमा खेतबारीमा मेल वृक्षको हांगा गाड्ने गरिन्छ । जसलाई हरेलो हाल्ने गरिन्छ । हरेलो हाल्दा खेतबारी सुरक्षा हुने लोक मानयता यस क्षेत्रमा रहेको पाइन्छ । त्यसै गरी यस क्षेत्रमा घरको ढोकाहरुमा पनि हरेलो हाल्ने चलन रहेको छ । विशेष गरी काँडादार वनस्पती जसलाई स्थानीय भाषामा झिजराइन भनिन्छ त्यसको हरेलो हालने चलन छ । यसले रोगव्याधी तथा आासुरी शक्तिहरु घरभित्र नपस्ने विश्वास गरिएको पाइन्छ । यसै गरी यस महिनामा स्थानीय देवालयहरुमा बत्ती जगाउने प्रचलन रहेको छ । यो महिनाभरी आहार व्यवहार शुद्धि भएर मन्दिरहरुमा बस्ने तथा बत्ती जगाउने प्रचलन रहेको छ ।
यसरी मौलिकता बोकेको यो पर्व वर्तमान समयमा आएर बजारीकरणको चपेटामा परेको छ । मौलिकतालाई विर्सेर हरेलो हाल्ने चलन भन्दा पनि हरियो लुगा लगाउने, हरियो चुरा लागाउने, तथा मानिसहरुले हरियाली हुने तर्फ यो पर्व ढल्किदै गएको छ। जसका कारण हाम्रो मौलिक परम्परा नष्ट हुँदै गइरहेको छ । चााडपर्वका नाममा भएको बजारीकरण र विकृतिहरुले हाम्रा चााडपर्वहरु केवल पैसाहुनेहरुका लागि मात्र आनन्ददायी बन्दै गएको पाइन्छ । विशेष गरी पुाजीपतीहरुले यसलाई बजारीकरणमा ढालेर व्यापार व्यवशायको माधयम बनाउँदै गएका छन् । हामी हाम्रा चााडपर्वको मौलिकता भुलेर आयातित संस्कृतमा रमाउँदै जनुले निकट भविष्यमै हाम्रो मौलिक पहिचान समेत गुम्ने खतरा पनि उत्तिकै रहेको पाइन्छ । हामी हाम्रा मन्दिर तथा देवालयहरुमा जानुभन्दा पनि बजारमा संस्कृतिको किनबेचमा रमाइरहेका छौँ । मन्दिरमा मनाइने पर्व तथा समाजमा मनाइने पर्वहरु सामाजिक सञ्जालमा बजारबाल किनिएका वस्तुहरुको पर्दशन गर्दै आफै आफ्नो पहिचान मिटाउँदै गइरहेका छौँ । यसले चाँडपर्व मनाउनमा पनि वर्गविभेद सिर्जना गरिदिएको छ। धनीमानी मानिसहरुले संस्कृतिका नाममा देखाउने चटकका कारण गरीब मानिसहरुलाई भने समाजमा लज्जाबोध हुने तथा मानसिक रुपमा आफूलाई निम्न स्तरको देख्ने मनोविज्ञान बढ्दै गएरहेको छ। गरीब मानिसहरुलाई चाँडपर्व मनाउन समेत धौधौ परिरहेको छ। एकातिर यसले समाजमा विकृति फैलाउँदै गइरहेको छ भने अर्कोतर्फ नयाँ पुस्ताले हाम्रा चाँडपर्वको मौलिकता बिर्सदै गइरहेका छन् । यसरी संस्कृत तथा चँडबाडका नाममा हावी भएको बजारीकरण हाम्रा परम्परागत मूल्यमानयता तथा लोकविश्वासको बाधक बन्दै गइरहेको छ । यसतर्फ बेलैमा सबैको ध्यान जानु आवश्यक छ ।
.gif)