मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

सहारा साईकल क्यारिङ्गको


पश्चिम प्रेस
शुक्रबार, पुस ९ २०७८
  • 1.0K
    Shares

  • images
    images
    सहारा साईकल क्यारिङ्गको

    महेन्द्रनगर । कञ्चनपुरका स्थानिय महिला साईकल क्यारिङ्ग गरेर जिविकोपर्जन गर्दै आएका छन । सिमावर्ती शहर बनवासाबाट साईकल क्यारिङ्ग गरेर यहाँका महिलाहरुले घर खर्च र छोरा छोरीको लालनपालन देखी पढाई खर्च समेत धानेका छन । 
    कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झलारीबाट करिब ३० किलोमिटरको साईकल यात्रा गरेर साइकल क्यारिङको लागी सीमावर्ती शहर बनवासा पुग्छन धर्मा पाण्डेय र उनका श्रीमान सुरेन्द्र पाण्डेय ।
    उनीहरु करिब १५ बर्ष देखी बनबासाबाट महेन्द्रनगर बजार सम्म साईकलमा सामान क्यारिङ्ग गर्छन । उनीहरु साईकल क्यारिङ्ग गरेरै जीवीकोपार्ज गरिरहेका छनद भने छोराछोरीको पढाई खर्च पनि जुटाइरहेका छन । “बनबासा बजारबाट साईकलमा सामान ल्याएर महेन्द्रनगर बजार पुगाउछौ ।” उनले भनिन –“साईकल क्यारिङ्गबाटै परिवार चलेको छ ।
    २/३ क्वीन्टलको भारी तान्न त्यती सजिलो नभएपनि अन्य रोजगारी नहुँदा दैनिकि चलाउन यहाँका महिलाहरु बनबासाबाट साईकल क्यारिङ्ग गरेर दैनिक चलाईरहेका छन ।
    पाण्डेयजस्तै महेन्द्रनगरका करिब तीनसयभन्दा बढी महिला सीमावर्ती शहर बनवासाबाट साईकल क्यारिङ्ग गरेरै दैनिकि चलाउने गर्दछन । महिलालाई सुहाँउदो काम नभएपनि अन्य रोजगारी नहुँदा क्यारिङ्गबाटै दैनिकि चलाउन्ुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।
    साईकलमा सामान ओसारेर केही कमाउनले आशमा कैलालीकी कमला चौधरी पनि तीन वर्ष अगाडी महेन्द्रनगर पुगिन । कञ्चनपुरमा कोठा भाडामा बस्दै आएकि उनी कोरोना महामारीका कारण सिमानाका बन्द भएपछि समस्यामा परिन । कोरोनाका कारण उनको दैनिकि चलाउन समस्याभयो ।  अन्य आम्दानीको स्रोत केही नभएपछि क्यारिङ्ग गरेरै गुजारा चलाईरहेको उनीहरुको भनाई छ ।
    दैनिक तीन सय देखी चार सय महिला दैनिक बनबासा देखी महेन्द्रनगर बजार सम्म साईकल क्यारिङ्ग गर्ने गरेको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले जनाएको छ ।
    शारदा व्यारेजमा चारपाङ्ग्रे सवारीमा तरकारी मात्रै बढी मात्रामा आयात हुने गरेको भएपनि अन्य सामान साईकल क्यारिङ्गबाटै महेन्द्रनगर आयात हुने गरेको छ ।
     

     


    प्रतिक्रिया दिनुहोस