परम्परागत शिक्षा प्रणाली भन्दा वर्तमान शिक्षा प्रणालीमा केही भिन्नता हुँदा शिक्षा प्रणाली र पढ्ने पढाउने कार्यको तालमेल मिले जस्तो देखिदैन । शिक्षामा खुकुलो नीति ल्याएर निरन्तर मूल्याङ्कन र अक्षराङ्क पद्दतिको मूल मर्म बुझ्न नसक्दा अभिभावक, शिक्षक तथा विद्यार्थीहर सबै रनभुल्लमा परेको देखिनछ । प्रायःजसो विद्यालयहरुले माध्यमिक तहसम्म कुनै पनि विद्यार्थीलाई फेल नगर्ने भन्ने बुझेपछि विद्यार्थीले सिकाइ केही नगरे पनि जबरजस्ति परीक्षामा अंक बढाएर पास गर्ने गरेको देखियो । शिक्षा प्रणलीको मूल मर्म फेल नगर्ने नएर फेल हुने नबनाउने हो भन्ने कुरा नबुझेर वा बुझेर पनि बुझ पचाएर विद्यार्थीको कक्षेन्नति गर्ने परिपाटीको विकास भएपछि शैक्षिक गुणस्तर खस्किदै गइरहेको छ । विद्यार्थीहरुले पनि फेल भइदैन र माथिल्लको कक्षा पढ्न पाइहालिन्छ भन्ने मनाशयले मिहेनत गर्न छोडेको र अभिभावकहरले पनि विद्यार्थीको ज्ञान तथा सीपको मापन केवल लब्धाङ्क पत्र वा ग्रेडसिटलाई मान्दा विद्यार्थीको शैक्षिक गुणस्तर खस्किदै गएको छ । वर्तमान शिक्षा प्रणालीले निरन्तर मूल्याङ्कन पद्दति चालु गर्नुको मूख्य उद्देश्य निरन्तर पृष्टपोषण दिएर विद्यार्थीलाई तहगत तथा कक्षागत उपलब्धी हाँसिल गाउने हो तर प्रायः जासो विद्यालय वा शिक्षकहरुले निरन्तर मूल्याङ्कनलाई महत्व नदिइ केवल कागजमा मात्र देखाउने गरेको र कक्षा क्रियाकलापमा सपिहरुको मूल्याङ्कन गरेको देखिदैन् । प्रयोगात्मक तर्फका अंकहरु पनि क्रियाकलाप नगराएर नै मनमर्जीका आधारमा राख्ने गरेको पाइन्छ । प्रायःजसो शिक्षकहरुले विद्यार्थीकेन्द्रित विधिहरुको प्रयोग नगरेर केवल पाठको व्याख्या गरिदिने र त्यसपछि त्यसमा कुनै पनि क्रियाकलापमा विद्यार्थीहरुको सहभागित नै शुन्य गरेको पाइन्छ । यसले केवल शिक्षकले भाषण गर्ने र विद्यार्थीहरुले मौन रुपमा असल स्रोत भएर बस्ने परिपाटीले विद्यार्थीहर निष्क्रिय हुँदै गएको पाइन्छ । जसको फलस्वरुप विद्यार्थीले सिकेका कुरा पनि प्रयोग व्यवहारमा उतार्न सकिरहेको हुँदैन् । त्यसै गरी अक्षरराङ्कन प्रणलीबारे पनि शिक्षक, अभिभावक तथा विदार्थी सबै अनभिज्ञ रहेको पाइयो । अक्षराङ्कन प्रणालीको मूल मर्म बुझ्न नसक्दा कोही त्यसप्रति असन्तुष्टि जनाइरहेका छन् भने कोही प्रथम, द्वितीय भनेर रेङ्किङ् गर्दै आइरहेको देखियो । सामान्यतया ग्रेडिङ प्रणालीलाई विद्यार्थीलाई तल्लो ग्रेडबाट माथिल्लो ग्रेडमा उकास्दै लैजाने पद्दतिका रुपमा नबुझेर अंक प्रणलीजस्तै जिपिए गनेर त्यत्तिकैमा सीमित राख्ने प्रचलन बढ्न थाल्यो । यसरी समग्रमा भन्दा परम्परागत अभ्यस्तता र कामप्रतिको लापरवाहीका काराण् वर्तमान शिक्षाप्रणाली र शिक्षण पद्दतिको तालमेल मिल्न सकेको छैन् जसको प्रत्यक्ष असर बालबालिकाको भविष्य र समग्र शिक्षा प्रणालीमै पर्न गएको देखिन्छ । यसबारे सरोकारवाला पक्षले समयमै ध्यान दिनु आवश्यक छ ।
.gif)