महेन्द्रनगर । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको राष्ट्रिय तदर्थ समिति सुरेश भट्टको अध्यक्षतामा गठन भएको छ ।
गत शुक्रबार दोहाको वक्रास्थित लक्की स्टार रेस्टुरेन्टमा आइसीसी सल्लाहकार धरम केसी र सदस्य सरिता चिलवालको अध्यक्षतामा सम्पन्न भेलाले सो कार्यसमितिको आधिकारिता प्रदान गरेको हो ।
नयाँ निर्वाचित तदर्थ समितिका अध्यक्ष भट्टले आफूले यस अघिका एनआरएनए कतारले गरेका गल्तीलाई नदोहो¥याउँदै र राम्रा काममा समाज संग हातेमालो गर्दै अगाडि बढ्ने बताए । उनले आगामी दिनमा दोहामा रहेका नेपाली श्रमिकहरुलाई उत्थानका निम्ति संस्था सधैँ अग्रसर रहने विश्वास व्यक्त गरे ।
त्यस्तै, नेपाली श्रमिकहरुलाई एकताबद्ध गर्दै चेतनामुलक र सन्देशमुलक कार्यक्रमहरु भोलीका दिनमा क्रमश गर्दै जाने आफ्नो टिमको योजना रहेको बताए ।
एनआरएनएका अध्यक्ष विनोद कुँवरले विभिन्न देशमा एनआरएनएका राष्ट्रिय समितिहरु धमाधम गठन भइरहेको जानकारी दिदै विधानभन्दा बाहिर जान कसैलाई छुट नभएको बताएका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुनिल कुमार घिमिरे, उपाध्यक्ष मोहम्मद कलम हुसैन खान, उपाध्यक्ष सोमनाथ कँडेल, महिला उपाध्यक्ष मञ्जु खनाल आचार्य, महासचिव ध्रुवराज अधिकारी, सचिव पुष्पराज कोइराला, सचिव प्रेम नेपाल, सचिव रमेश पौडेल क्षेत्री, कोषाध्यक्ष सूर्य नारायण सापकोटा, सह कोषाध्यक्ष अब्दुल रहमान, युवा संयोजक हेमराज रिमाल, सदस्यहरू राधा कृष्ण अधिकारी, रूप रसाइली, अमित रिजाल, योगेन्द्र तामाङ्ग, मुहसिन नासिर, प्रकाश बराल, प्रकाश यादव, लोकबहादुर बराल, अजय कुँवर, सबिना आचार्य, आरिक शेख छन ।
.gif)