म वर्तमान सोचिरहेको छैन
मेरो भविष्य छदैँ छैन
विगत भन्नु त्यही श्वास फेरेको इतिहास
मात्र हो
मलाई जिन्दगीपछिको समयको साह्रै भय छ
यतिखेर
साथीहरू आफ्नो दुनियाँमा व्यस्त छन्
घरपरिवार मेरै अर्धपागल पाराको सिकार छ
नेपथ्यमा कोही थपडी बजाइरहेछ
सायद आफन्त
मैले संगै जिन्दगी बिताउँला सोचेको मान्छेले
भर्खरै सार्वजनिक गरेको छ आफ्नो विवाहको तस्बिर
यो अन्कन्टार समयमा
म पसिनाको झरीमा भिजेर महसुस गर्दैछु
कविताका बिम्बहरु
मलाई कविता लेखेर अमर बन्नू छ अब
कवि बन्नुपर्ने व्यापक दबाबले सताइरहेको छ
मलाई जिन्दगीपछिको समयको साह्रै भय छ
यतिखेर।
.gif)