मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गुगुल्डि वाङ्मय प्रतिष्ठानले मनायो १५७ औं मोती जयन्ती


पश्चिम प्रेस
शनिबार, भदौ ११ २०७९
  • 692
    Shares

  • images
    images
    गुगुल्डि वाङ्मय प्रतिष्ठानले मनायो १५७ औं मोती जयन्ती

    महेन्द्रनगर । आज गुगुल्डि वाङ्मय प्रतिष्ठानले १५७ औं मोती जयन्ती मनाएको छ । प्रष्ठिानका अध्यक्ष वीर बहादुर चन्द विश्रामको अध्यक्षतामा भएको उक्त कार्यक्रम पश्चिमप्रेस दैनिकको सभाकक्षमा गरिएको छ । कार्यक्रममा विरिष्ट साहित्यकार नारा जोशी, डम्बर शर्मा बडू, जगदीश ओझा, रमेश पन्त मीतबन्धु, प्रेम प्रकाश कलौनी, प्रचण्ड भाष्कर, मधु हमाल, सुशिल पाण्डेय, चन्द्रकला पन्त, धर्मानन्द भट्ट, हिरा भट्ट, लक्ष्मी प्रसाद भट्ट, गीता भट्ट, तर्कराज भट्ट, अम्बादत्त जोशी लगायत दर्जनौं स्रष्टाहरुले गजल तथा कविता वाचन गर्नुका साथै युवाकवि मोतीराम भट्टको व्यक्तित्व र कृतित्वको चर्चा तथा उहाँका विभिन्न रचनाहरु वाचन गरेका थिए । मानसखण्ड फाउण्डेसन समेत आयोजकका रुपमा रहेको उक्त कार्यक्रममा मिडिया पर्टनरको रुपमा प्रश्चिमप्रेस दैनिक रहेको थियो । मोतीराम भट्टका गजल वाचन तथा गायनबाट सुरु गरिएको कार्यक्रममा रमेश पन्त मीतबन्धुले स्वागत मन्तव्य राखेका थिए भने कविराज भट्ट र प्रेमप्रकाश कलौनीले कार्यक्रम सञ्चालन गरेका   थिए ।  


    प्रतिक्रिया दिनुहोस