सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुदूरपश्चिममा आज अठ्यावाली मनाइदै


पश्चिम प्रेस
शनिबार, भदौ १८ २०७९
  • 550
    Shares

  • images
    images
    सुदूरपश्चिममा आज अठ्यावाली मनाइदै

    महेन्द्रनगर । सुदूरपश्चिममा आज गौरा पर्व धुमधामका साथ मनाइदैछ । आज बिहानैदेखि यस क्षेत्रका मन्दिर, देवालय तथा गौरा हुँने ठाउँमा भिड हुन थालिसकेको छ । आजका दिन ब्रतालु महिलाहरु सामुहिक रुपमा अठ्यावाली गायन गर्दै बिरुडाले गौराको पूजा गर्ने गर्दछन् । अठ्यावाली सकिएपछि एउटा च्यादरमा गौरामा चढाएका फलफूल, बिरुडा तथा प्रसादलाई च्यादरको सहायताले आकाशतिर फाल्ने गरिन्छ, जसलाई लोक बेलिमा फलपट्काउने भन्दछन् । त्यसपछि महिलाहरले नयाँ दुबधागो धारण गरी आफ्ना पति लगायत परिवारजनको टाउको पूज्ने गर्दछन् । महिला सम्मानको रुपमा रहेको यो पर्वमा बिरुडाले टाउको पूज्दा महिलाहरुले आफूभन्दा ठूलो नाता पर्ने व्यक्तिलाई पनि शिरमा हात राखी आशिर्वाद दिने गर्दछन् । आज अठ्यावाली समाप्तपछि भोलिदेखि विभिन्न देवालयहरुमा पुरुषहरुको ढुस्को, धमारी, ठाडोखेल, डेउडाखेल चल्नेछ । 


    प्रतिक्रिया दिनुहोस