मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

मानसखण्ड फाउण्डेसनको अध्यक्षमा नारा जोशी


पश्चिम प्रेस
शुक्रबार, भदौ ३१ २०७९
  • 1.4K
    Shares

  • images
    images
    मानसखण्ड फाउण्डेसनको अध्यक्षमा नारा जोशी

    महेन्द्रनगर । मानसखण्ड फाउण्डेसनको अध्यक्षमा साहित्यकार नारा जोशी सर्वसम्मत चयन हुन भएको छ ।
     फाउन्डेसनको शुक्रबार सम्पन्न पाचौँ अधिवेशनबाट जोशीको अध्यक्षतामा नौ जनाको कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा राकेश वहादुर चन्द,सचिवमा हेमबावु लेखक,कोषाध्यक्षमा महादेव अवस्थी र सदस्यहरुमा रमेश पन्त,गंगा प्रसाद रिजाल,कविराज भट्ट,प्रतिभा भट्ट,लक्ष्मी भट्ट जोशी रहेका छन । रमेश पन्त मीतबन्धुको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको सञ्चालन फाउन्डेसनका सचिव हेमबावु लेखकले गरेका थिए । बन्दसत्रमा सचिव हेमबावु लेखकले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष महादेव अवस्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको अन्तमा विभिन्न स्रष्टाहरुले रचना वाचन गरेका थिए । 

    को हुन अध्यक्ष जोशी
    सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको मोहतीमा आमा तुलसी देवी अवस्थी र बुबा खिमानन्द अवस्थीका कोखबाट वि.सं. २०१३ जेठ २ मा जन्मनुभएका उहाँले शिक्षा र साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ । 
    औपचारिक रुपमा  स्नातकसम्म अध्ययन गर्नु भएका उहाँले विभिन्न विद्यालयहरुमा ४१ वर्षसम्म अध्यापन कार्य गर्नुभएको छ । उहाँका भिडमा एक्लो मान्छे लघुकथा संग्रह (२०६५),मैले देखेको जीवन एक संस्मरण (२०६९) कृतिहरु प्रकाशित छन । विभिन्न पत्रपत्रिकाहरुमा फुटकर कथा, लेख, कविता, निबन्ध आदि प्रकाशित हुनुका साथै एक दर्जन बढी संघसंस्थाहरुबाट सम्मानित हुनुभएको छ ।


  • सम्बन्धित विषय:

  • # मानसखण्ड फाउण्डेसन
  • # नारा जोशी
  • प्रतिक्रिया दिनुहोस