साहित्य समाजको ऐना हो । समाजमा देखिएका कुराहरुलाई सुन्दर शव्द संयोजनबाट पाठकहरुसमक्ष पुगाउनु र त्यसमा देखिएका सुधारात्मक पक्षहरुलाई कसरी सुधार गर्ने भन्ने कुरालाई कविले मार्गदर्शन गरेको हुन्छ । कविता भावनात्मक विधाभएकाले साहित्यका छन्द, रस, अलङ्कार तथा शव्दशक्तिका माध्यमबाट पाठकहरुको मनमा रसयुक्त भाव उत्पन्न गरी समाजलाई सद्मार्गमा लाग्न अभिप्रेरित गर्दछ । कवि कविराज भट्टद्वारा लिखित आमाको संदेश संविधानको पाठ्यक्रम खण्डकाव्य पनि देशको राजनीतिलाई सद्मार्गमा लगाउन गरिएको एक प्रयत्न हो । समाज तथा राष्ट्रमा देखिएका विभिन्न विकृति र विसङ्गतिहरुलाई सुधारका लागि आह्वान गरिएको यो कृतिमा कवि हृदयबाट नेपाल आमाका भावहरु प्रस्फुटन भएका छन् । सबैले देश या सरकार नराम्रो भयो मात्र भन्दछन् तर त्यसलाई सुधार गर्न कस्ता कामहरु गर्नुपर्छ भन्ने कुराप्रति कसैले पनि सोचेको पाइदैन । हरेक मानिसको समाज र राष्ट्रप्रतिको कर्तवयबोध गराउने कृतिका रुपमा आमाको सन्देश संविधानको पाठ्यक्रम खण्डकाव्य देखिएको छ । यस कृतिमा कुन व्यक्तिले कसरी देशको सेवा गर्ने, के काम गर्ने तथा के नगर्ने जस्ता थुप्रै कुराहरु नेपाल आमाका माध्यमबाट बताउन खोजिएको छ ।
बहुचर्चित लोक छन्द झ्याउरेमा रचित “आमाको सन्देश संविधानको पाठ््यक्रम” शीर्षकबाट नै हामीले आमाद्वारा संविधान लेखिदैछ भन्ने कुरा बुझ्न सक्छौँ सन्तान कुप्रवृत्तिमा लागेको देखेर आमाले पश्चाताप गर्दै भन्नुहुन्छ ।
यो मेरो छाती अनर्थ रैछ यो कर्म फुटेको ।
व्यर्थ नै बोके मुकुट मैले हिमाल उठेको ।।
यहाँ जन्मदिने आमा र नेपाल आमाले एक साथ दुःख प्रकट गर्नुृ भएको छ । नेपाल आमाले भन्दै हुनुहुन्छ “व्यर्थ नै मैले हिमाललाई बनाएछु” आज त्यो हिमाल रुँदै छ, हिमाललाई चिन्न सक्ने सन्तति जन्माउन सकिएन भनेर आँसु बगाउँदै हुनुहुन्छ । मैले देशभक्त छोरो जन्माउन सकिन भनेर जन्मदिने आमाले पनि दुखेसो पोख्नु भएको छ । देश र जनताको उन्नतिको चाहना गरेर हाम्रो देश समृद्ध होस् सफलताको चुचुरोमा पुगोस् भन्दै आमाले पुत्रलाई मार्ग दर्शन गराउँदै हुनुहुन्छ ः
माटोको तेल नकिन अब खारको भार हो ।
कर्णाली काली नहर हाले बिजुली तार हो ।।
युवाहरू हो अब हातमा हात मिलाऊ जोस जागरका साथ लागि परे देशलाई अन्धकारबाट मुक्त गराउनु छ । अब अँध्याँरोमा नबस अनुपम सुन्दरताले भरिपूर्ण हाम्रो देश पर्खाइमा बसेको छ । यी काली कर्णालीले हामीलाई बोलाउँदै छिन् अब हामीले देशका खातिर जीवन समर्पण गर्नु पर्छ भन्ने उत्साहमूलक सन्देश आमाबाट पाइएको छ ।
आज नेपालकी छोरी बम्बैको कोठीमा आफ्नो देहव्यापार गर्न वाध्य बनाइएका छन् तर नेपालीहरू मुक दर्शक भएर बसेका छन् । दिदीबहिनीहरूको इज्जत बचाउने नेपालीको खोजीमा आमा भौँतारि रहनु भएको छ । छोरी देह व्यापारमा र छोराहरू विदेशमा हलिया भएको देखेर आमाको मन छियाछिया भएको छ । अव यो देशको संविधान मैले बनाउँछु छोरीलाई कस्तो इज्जत दिनुपर्छ र छोरालाई आक्रोस व्यक्त गर्नु भएको छ ।
शिक्षा कस्तो हुनुपर्छ भन्ने कुराको सन्देश आमाबाट प्रस्तुत हँुदैछ । माटोप्रति देशप्रति संस्कार, संस्कृति र धर्म प्रति जुन शिक्षाले श्रद्धा गर्न सिकाउछ त्यो शिक्षालाई मात्र शिक्षा भनिन्छ । धर्म भनेको प्राण हो । धर्मको रक्षा गर्नुपर्छ धर्मको रक्षाका लागि संस्कार र संस्कृतिलाई जोगाउनु पर्छ । “मातापिता गरुदेवता” प्रति गर्नु पर्ने श्रद्धा हिजो आज हराउँदै गएको छ । हाम्रो देशलाई शान्तिको देशबनाउन हामी सबैले आ–आफ्नो क्षेत्रबाट तन मन वचनले लागि पर्नु पर्छ । यो नै हाम्रो कर्तव्य हो ।
भगवानकै स्वरूप मानिने गीता रूपि अमृत पान गरेर परमपद प्राप्त गनका लागि हामीले अनवरत रूपमा साधना गर्नु पर्दछ । वर्तमान समयमा पश्चात्य हावा हुरीले हाम्रो देशमा जरो गाडेको देिखन्छ । त्यसैले हामीहरू आफ्नो पोशाक र वेशभूषा,रहनसहन ,संस्कार संस्कृतिलाई बिर्सिदैछौँ ।
लेखन राम नेपाली नाम सपुत छोराको ।
गरन अब खोल्नको धोको भारती चोलाको ।।
छोराको नाम हिटलर होइन राम राख्नुहोस् जसको उच्चारणले मात्रै भवसागर पार गर्न सकिन्छ । म नेपाली हुँ भन्दै पोशाक धारण गरेर गोैरवता साथ बाच्न सक्नुपर्छ । हामी सम्पूर्ण नेपालीले हाम्रा लागि हामीद्वारा नै देश चलाउने मुख्य अभियानलाई अगाडि बढाउनु पर्दछ । अब राजतन्त्र होइन लोकतन्त्र ल्याउनुपर्दछ ,स्वतन्त्र भएर बाँच्नपाउनु पर्छ भनेर सम्पूर्ण नेपालीलाई उत्साह दिँदै राजसत्ता हटाउनु पर्ने कुरालाई जोड दिदै आमाकोलागि अगाडि बडेको छ । जगतमा वीर गोर्खालीका नामले चिनिले नेपाली सेना सधै देशका निम्ति खटिन्छ भनेर प्रशंशा भएको छ ।
यो वीर सपूतहरूको पसिनाले मुछिएको माटो हो । सम्पूर्ण नेपालीहरूको पसिना नै राष्ट्रको ढुकुटी हो । तसर्थ उच्च सन्तानमा स्थित व्यक्तिहरू सावधान आफ्नो गृहस्थ चलाउन सावधान आफ्नो गृहस्थ चलाउन खोक्रो राजनीति नगर यो पसिनालाई आवश्यक क्रममा आफ्नो स्वर्थ पूर्तिकालागि खर्च गरेउ भने पाप लाग्छ । अब देश विकासको आगो बल्नु पर्छ । त्यो सहिदहरूको पसिना रूपी ढुकुटीलाई अगाडि बढाउनु हाम्रो कर्तव्य हो, त्यसैले उच्च पदस्थ राष्टका सारथीहरूलाई आमाले सन्देश दिनु भएको छ ।
शास्त्रमा भनिएको “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता” जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवताहरू पनि रमाउँछन् । त्यसैले नारीलाई सम्मान गर्न सिक्नु पर्छ भन्ने आमाको भनाइबाट प्रस्तुत हुन्छ । घरको अभिभावकŒव ग्रहण गरेर कुशल अभिभाव बन्न नै ठूलो महानता हो । राजा जनक जस्ता पृथ्वीनारायण शाह जस्ता राष्ट्र सेवकहरूको यो देशलाई खाँचो छ । अभिभावकनै भट्टी र जुवातासका पूजारी भएपछि कसरी पृथ्वीनारायण जन्मिन सक्छन् ? हाम्रा महान् चाडपर्वहरू दसैँ र तिहारमा देवताको पूजा आराधना गर्नुको सट्टा लाज पचाएर स–परिवार सङ्गै बसेर जुवातास जस्ता भोग विलासिताका साधनहरू सङ्ग रमाएर कहा“बाट गौतम बुद्ध जन्माउन सकिन्छ । तसर्थ हामीले छोराछोरीलाई उचित शिक्षा संस्कारमा बसाउनु पर्छ भन्ने आमाको सन्देशले कतिपय नेपाली भनौदाहरूलाई कर्तव्याकर्तव्यको बोध गराएको छ ।
पढेका मान्छे विदेश नजाउ नेपाल बसेर ।
सबैलाई ज्ञनी बनाउ तिमी कम्मर कसेर ।।
आमाले अब विदेश नजाउ नेपालमै कम्मर कसेर केही गर्न आग्रह गरेको छ । नेपाली माटोमै बसेर केही गर्न युवा पुस्तालाई प्रेरणा गरिएको छ ।
संस्कृत पढ नगर हेला वेद र पुराण ।
सबैको धर्म मर्म र कर्म ज्ञानको भण्डार ।।
“या विद्या सा विमुक्तये” त्यो नै विद्या हो जसले मुक्ति दिलाउँछ । संस्कत शिक्षाको अध्ययनले मात्र मुक्ति मिल्छ धर्म रक्षाका बारेमा विवेक हुनको लागि केवल संस्कृतबाट मात्र सम्भव छ ।
जन्मेको भूमि जननी पनि छन् ठुला देवता ।
सम्मान गर नगर हेला यसैमा भलो छ ।।
“जननी जन्म भूमश्च स्वर्गादपि गरीयसि”शास्त्रमा भनिएकै छ जन्मदिने आमा र जन्मभूमि स्वर्ग भन्दा पनि ठुला हुन्छन् । आस्तिक बनेर सदा देवीदेवताहरू प्रति आस्था राख्नु पर्छ सदैव मातृभक्त पितृभक्त र देवभक्त भएर रमाउनु पर्छ भन्ने भाव यहाँ उल्लेख छ ।
विद्या छ ठूलो सबैको मित्र सबैले सुनला ।
नपढेपछि अध्यारो होला सबैले गुनला ।।
विद्या नै मान्छेको मित्र हो जस्तो सुकै परिस्थितिमा पनि विद्याले साथ दिन्छ । विद्यानै मानव जीवनको सुन्दरता हो । विद्वान् मान्छे वन्दनीय एवं पूजनीय, हुन्छ । विद्याले मान्छेलाई मान्छे बनाउछ र जीवन जिउने शैली सिकाउँछ् ।
.gif)