मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

गजलकार सुमन स्मारिकाको एकल गजल वाचन हुने


पश्चिम प्रेस
शनिबार, असोज ८ २०७९
  • 836
    Shares

  • images
    images
    गजलकार सुमन स्मारिकाको एकल गजल वाचन हुने

    धनगढी । चर्चित गजलकार सुमन स्मारिकाको एकल गजल वाचन खोटाङमा हुने भएको छ । 

    अचानो नेपालको आयोजनामा यहि असोज २५ गते बिहान ११ बजे खोटाङको समिक्षालय हल दिक्तेलमा एकल गजल वाचन हुने भएको हो ।

    गजलकार स्मारिकाको गजल वाचन शैली र गजल धेरै स्रोता र दर्शकले मन पराएका छन्। घरी घरी लाग्ने गर्छ जिन्दगी के गर्नु रु तिमी छैनौ भएर यो जिन्दगीले के गर्नु, साथीको संगतले यो साबित गरिदियो मैले आफ्नै खुट्टामा बन्चरो लगाएको थिएँ, कम्तिमा कसैको टेक्ने काम त आउन सक्छुँ सोचेर मैले आफुलाई बाटो बनाएको थिएँ,
    चिट्ठी भित्रका अक्षरहरु मात्रै पढेछ पढ्नेले अस्पष्ट लेखिएको मेरो निधार पठाएको थिएँ, कसले प्रेम गरेन यहाँ को गुलाम भएन तपाईंले पुज्नु भएको ढुंगा राम भएन, दारु पिएर श्रीमती कुट्छ एक बहादुर, यो त बहादुर शब्द कै बदनाम भएन रु लगायतका गजलहरू चर्चित रहेका छन् । गजलकार स्मारिकाले करिब २ दर्जन गजल वाचन गरेर सुनाउने छन् ।


    प्रतिक्रिया दिनुहोस