मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

साहित्य सङ्गम मकवानपुरको ३२३ औं साहित्य सन्ध्या सम्पन्न


पश्चिम प्रेस
शनिबार, असोज ८ २०७९
  • 628
    Shares

  • images
    images
    साहित्य सङ्गम मकवानपुरको  ३२३ औं साहित्य सन्ध्या सम्पन्न

     हेटौंडा । साहित्य सङ्गम मकवानपुरले ३२३ औं साहित्य सन्ध्या तथा विश्व मुटुु दिवसको अवसरमा आयोजना गरेको निवन्ध प्रतियोगितामा चिरञ्जीवी लामिछाने प्रथम भएका छन् । सङ्गमले सन्ध्या तथा बडा दशैको अवसरमा शुुभकामना आदान प्रदानसँगै नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरको प्रायोजनमा निवन्ध प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा चन्द्रोदय मावि हेटौंडाकी प्रतिमा पौडेल, कृष्ण आर्दश बोर्डिङ स्कुल हेटौंडा–९ लामसुरेकी गरिमा थापा तृतिय र गौरी कँडेल सान्त्वना भएकी थिइन् । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः पाँच हजार, तीन हजार, दुुई हजार र एक हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । निवन्ध प्रतियोगिता मुटुुको विषयमा आयोजा गरिएको थियो । प्रतियोगिताको निर्णायकमा निमेष निखिल, सुुवास खनाल र भवानी तिमल्सिना रहेका थिए । कार्यक्रममा मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेल, सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, आँचल साहित्य कला पुञ्जका भावना सापकोटा, गजल मञ्च मकवानपुरका उपाध्यक्ष संजित श्रेष्ठ, झरना साहित्य परिवारका सचिव विश्वनाथ सञ्जेल, नेपाली लेखक संघका सदस्य संप्रस पौडेललगायतले दशैंको अवसरमा शुुभकामना मन्तव्य व्यक्त गरेका थिए । संगमका अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रीय सदस्य भगिरथ शर्मा रहेका थिए । कार्यक्रमको अतिथिमा नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुरका सभापति हरिवंश भेटवाल, हास्यव्याङ्ग्यकार आरसी रिजाल, प्रतिष्ठानका उपाध्यक्ष विजय वैद्य, सचिव सानुकाजी पाण्डे, , साहित्यकार देवराज खेरल, देवराज तिवारी,सुुर्दशन अधिकारी, मुक्तिगोविन्द वैद्यलगायत रहेका थिए । प्रतिष्ठानका केन्द्रीय सदस्य शर्मा र मकवानपुर सभापति भेटवालले मुुटुलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने विषयमा बोलेका थिए । विश्व मुुटुु दिवसको अवसरमा प्रतिष्ठानले मकवानपुरमा विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिए । प्रतिष्ठानले असोज १३ गते बिहान ७ बजे भुटनदेवी मन्दिर परिसरमा निःशुल्क मुुटु परीक्षणसहितको स्वास्थ्य शिविर आयोजना गरेकाले सहभागिताका लागि आग्रह गरेका छन् । सन्ध्यामा साहित्यकाहरुले रचना वाचन गरेका थिए ।


    प्रतिक्रिया दिनुहोस