सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

चुनावी परिवेश र ज्योतीषीय दृष्ट्रिकोण


पश्चिम प्रेस
बुधबार, असोज २६ २०७९
  • 926
    Shares

  • images
    images
    चुनावी परिवेश र ज्योतीषीय दृष्ट्रिकोण
    Capture.JPG

    त्रिषठ एकादश पापग्रहे सर्वे अरिष्ठ नासन्तु –मानसागरी      
           आउदो मंसीर चार गते सम्पन्न हुन गइरहेको प्रदेश र संघको चुनावको परिवेश लाई लिएर आकासमण्डलको  ग्रह समीकरणले बिशेष स्थिति सृजना गरेको छ । तात्कालीन समय अनुसार चन्द्रमा कन्याराशीको हस्त नक्षत्रमा, सुर्य वुध  शुक्र वृश्चिक राशीमा ,केतु तुला राशी ,राहु मेषमा ,वृहस्पती स्वगृही भएर मीनमा ,शनी स्वगृही, मंगल वृष राशीमा रहेको अवस्था छ।
            राजनिती प्रशासन तथा सत्ताको कारक ग्रह सुर्य मित्रग्रही भई वुधादित्य राजयोग र मंगलवाट दृष्ट भई पराक्रम योग वनाए पनि नैसर्गिक शत्रु शुक्र संग युती वनाएकाले राजनैतिक पार्टीहरुवीचको गठवन्धन भने दीर्घकालीन नहुने देखिन्छ ।शुक्र अस्त र वृहस्पती वक्र भए पनि अन्य हिसावले साइत राम्रै हो। शुक्र मंगलको महापरिवर्तन योग रहेकाले अकल्पनिय परिवर्तनको सम्भावना रहेकाले राजनैतिक पार्टी र नेतृत्वले जनताप्रति जिम्मेवार रहन आवश्यक देखिन्छ । न्यायकोकारक ग्रह शनि स्वगृहि भई वलवान रहेकाले यो चुनावले समाजमा न्याय सत्य र इमान्दारिताको धरातल निमार्ण गर्न सघाउ पुरयाउनेछ ।वृहस्पति स्वगृही रहेकाले शिक्षा अध्यात्म र मानवीय गुण अभिवृद्घि हुने एवं दुध र पानी छुट्टयाउने अवस्था सृजना गराउछ । शनी र वृहस्पतिको विशेष अवस्थाले समाजमा विज्ञान र मानवता दुवै पक्षको विकास गराउनेछ ।विज्ञान र अध्यात्म दुवैले अधिकतम विकास तर्फ मानवता र समाज अग्रसर हुनेछ । शनि ग्रह पश्चिम दिशाको कारक रहेकाले पश्चिमा देशको चासो पनि नरहला भन्न सकिन्न । कूटनीतीको कारक ग्रह राहु मेष राशीमा रहनु सुरक्षा सम्वेदनशिलता  वढाउने अवस्था सृजना गर्न सक्छ ।
             उल्लेखित ग्रह समीकरणले शनी ग्रहलाई बिशेष बल प्रदान गरेको छ । तृतीयस्थ शनि विशेष कारक मानिन्छ । समाज र जनता प्रति जिम्मेदवार युवाहरुको प्रवेश हुन सक्छ ।सक्षम र जिम्मेदवार व्यक्तिलाई जनमत उपलव्ध हुनेछ। शनीको अबस्था सुध्र्रिएकाले फलाम , तेल,उन , तिल , इन्धन ,मेसिनरी र प्रबिधीजन्य बस्तुको मुल्यमा बिस्तारै सकारात्मक परीबर्तन हुने सम्भाबना छ । शुक्र ग्रह लग्नस्थ रहेकाले चुनाव खर्चिलो भडकाउपुर्ण हुन सक्छ । चन्द्रमा आयस्थ हुनाले वैदेशीक सहयोगको सम्भावना पनि देखाउछ।केतु व्ययस्थ र मंगल केन्द्रगत हुनाले केही ठाउंमा दुर्घटना र अनावश्यक खर्चको सम्भावना रहेकाले सर्तकता आवश्यक देखिन्छ।समग्रमा चुनावको परिवेश र ग्रह समिकरणले समाज र मानव चेतनाको उच्च स्तरको रुपान्तरणको आधारशिला वन्ने सम्भावना देखाउछ। 


    प्रतिक्रिया दिनुहोस