मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

पत्रकारिता संगसंगै पशुपालनमा हरिभान


बिहीबार , कात्तिक ३ २०७९
  • 562
    Shares

  • images
    images
    पत्रकारिता संगसंगै पशुपालनमा हरिभान

    महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का हरिभान साउँद व्यवसायिक रुपमा पशुपालनमा लाग्नु भएको छ ।  
     स्थानीय रेडियो झलारीका स्टेशन म्यानेजर रहनु भएका उहाँको जीवनशैली कोरोना महामारीले फेरि दियो । करिब १० वर्ष सक्रिय पत्रकारितामा रहेका उहाँले कोरोना महामारीका बेला भएको लकडाउनमा कृर्षि पेशा रोजे ।
      “पत्रकारिता संगसंगै मैले झलारी बजारमा बट्टै पालन गरेको थिए पुख्यौली पेशा बाख्रा पालनले मलाई कृर्षिको सम्भावना देखायो ।” उनले भने–“लकडाउनपछि मैले चन्द्रप्रताप एग्रो फार्म सञ्चालन गरेर व्यवसायिक रुपमै पशुपालनमा लागे ।” सुरुवातामा चार लाख लगानीमा बाख्रा पालन सुरु गरेका उहाँले व्यवसाय विस्तार गर्दै अहिले ७० लाख लगानी गर्नु भएको छ ।
     अहिले उहाँले बाख्रा,कुखुरा,बंगुर,माछा,कालीज र बट्टै पालन गरिरहेकोे बताए । “बाख्रा पालनबाट कृर्षिमा सम्भावना देखेपछि मैले व्यवसाय विस्तार गर्दै गए अहिले भैसी पालनका लागि तयारी गर्दै छु ।” उनले भने–“यो पेशा मैले आत्म सन्तुष्टिका लागि रोजेको हु यसमा टिक्न सक्यो भने राम्रो फाईदा छ ।”
     उनको फार्ममा अहिले २ सय वटा उन्नत जातका बाख्रा,१ सय वटा बंगुर रहेका छन । बाख्रा पालनमा राम्रो सम्भावना देखेका उहाँले बाख्रा पालन बढाएर पाँच सय सम्म पुगाउने लक्ष्य रहेको सुनाए  ।“अहिले प्रदेश सरकारबाट पनि मैले रु ४० लाख अनुदान पाएको छु ।” उनले भने–“अनुदानले मलाई सहज भएको छ व्यवसाय विस्तार गर्छु ।” अहिले भैसी पालनका लागि समेत आधुनिक गोठ निमार्ण गरिरहेको बताए । “भैसी पालनमा पनि राम्रो सम्भावना देखेको छु सुरुवात चार वटा भैसीबाट गर्छु ।” उनले भने–“विस्तारै २० वटा सम्म भैसी पालन गर्ने लक्ष्य छ ।”
      पशुपालनमा थुप्रै समस्या रहेको भए पनि बजार समस्या भने कहिले झेल्नु नपरेको बताए । “हरेक बुधबार यहाँबाट काठमाडौ मैली खसी पठाउने गरेको छु अहिले प्रसस्त माग छ ।” उनले भने–“अहिले एकिकृत गरेर पशुपालन गरेको छु स्थानीयतह संग समन्वय गरेर अन्य किसानहरुलाई समेत अनुदानमा बाख्रा वितरण गरिरहेका छौ ।” उनको फार्ममा अहिले १० जनाले रोजगारी पाएका छन । 
     व्यवसायिक रुपमा पशुपालनमा लागेपनि पत्रकारिता प्रतिको मोह भने अझै उस्तै रहेको उनले बताए । “कृर्षि संगसंगै पत्रकारिता पनि निरन्तरता दिने सोचमा छु अहिले आफ्नै लगानीमा स्थानीय रेडियो सञ्चालनको तयारीमा लागेको छु ।” उनले भने–“कृर्षिमा थुप्रै सम्भावना रहेका छन व्यवसायिक रुपमा कृर्षिमा लागे मनग्य फाईदा लिन सकिन्छ ।” 


  • सम्बन्धित विषय:

  • # शुक्लाफाँटा नगरपालिका
  • # हरिभान साउँद
  • # पशुपालन


  • प्रतिक्रिया दिनुहोस