सोमबार, कात्तिक २४ गते २०८३ || Nov 9, 2026
  • यो साता चर्चामा :

कौटिल्य अर्थशास्त्रका अनुसार राज्यका सात अङ्ग


बिहीबार , कात्तिक १० २०७९
  • 3.0K
    Shares

  • images
    images
    कौटिल्य अर्थशास्त्रका अनुसार राज्यका सात अङ्ग

    पूर्वीय वाङ्मयका महान दार्शनिक चाणक्य कौटिल्यद्वारा इसाको चौथो शताव्दी तिर रचना गरिएको  अर्थशास्त्रलाई कौटिल्य अर्थशास्त्र भनिन्छ । तत्कालीन समयमा भारतको आर्थिक तथा सामाजिक अवस्थाको जानकारी दिन र सही बाटो अवलम्बन गर्न महत्वपूर्ण योगदान गरेका कौटिल्यले पूर्वीय वाङ्मयमा चाणक्य कौटिल्यले अर्थशास्त्रको परिभाषा र व्याख्या विश्लेषण गरेको पाइन्छ । कौटिल्यले तन्त्रयुक्ति अध्यायमा अर्थशास्त्रलाई मनुष्याणां वृत्तिरर्थः। मनुष्यवती भूमिरित्यर्थः । तस्याः लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति  अर्थात मानिसहरूको वृत्ति–जीविकालाई अर्थ भनिन्छ । मानिसहरू भएको भूमि पनि अर्थ हो । यस्तो वृत्तिको आधार भूमिलाई प्राप्त गर्ने र त्यसको पालनका उपायहरू निरुपण गर्ने शास्त्र नै अर्थशास्त्र हो भनेर परिभाषित गरेको पाइन्छ । उनका अनुसार मानवीय जीविका नै आर्थिक क्रियाकलाप हो । कृर्षि तथा मानिसका वसोबासका लागि प्रयोग हुने भूमि व्यक्ति र राज्यको आयस्रोत हो । यसकारण यसमा प्रतिफलको अध्ययन र वृद्धिका उपायहरुको व्याख्या गरिन्छ । 
    पूर्वीय अर्थशास्त्र परम्परामा चाणक्य कौटिल्यको महत्वपूर्ण स्थान रहेको छ उनको विचारमा पदार्थ, वित्त, सार्वजनिक वा व्यक्तिगत सम्पत्ति, सुन, चाँदी संचित गरिएको अर्थ, श्री अर्थात् समृद्धि, भोग गर्न सकिने कुरा, विनिमय र हस्तान्तरीय वस्तु यी सबै भौतिक धन हुन् । राष्ट्रलाई आर्थिक रूपमा सम्पन्न तुल्याउन उनले कृर्षि, पशुपालन र वाणिज्यलाई निकै महत्व दिएका छन् । कौटिल्य एक ऋषि जीवन बिताउने व्यक्ति र विभिन्न किसिमका नीति र उपदेश पनि दिने भएकाले संस्कृत वाङ्मयमा उनको नाम बडो आदरका साथ लिइन्छ । उनका नीति तथा उपदेशहरुले समाजलाई समेत चलाएको र जनजीवनमा उनका नीतिहरुको विशेष प्रभाव रहेको पाइन्छ  । यसकारण कौटिल्यको अर्थशास्त्र पनि नीतिसँगै जोडिएर रचना गरिएकोले पूर्वीय राज्य व्यवस्था एवम् अर्थव्यवस्थामा कौटिल्यको महत्वपूर्ण प्रभाव परेको देखिन्छ । । कौटिलीय विचार अनुसार स्वामी, अमात्य, कोष, दुर्ग, दण्ड, जनपद र मित्र गरी राज्यका सात अङ्ग हुने कुरा उल्लेख गरेका छन्, जसलाई निम्नानुसार देखाउन सकिन्छ ।  
    १. स्वामी 
    कौटिल्य अर्थशास्त्रमा राजालाई स्वामी रुपमा लिएको पायन्छ । कौटिल्यका अनुसारराज्यका सात अंग मध्ये स्वामी महत्वपूर्ण अंगकारुपमा  हेरेको पाइन्छ ।  उनका अनुसार सम्पूर्ण राज्यको सञ्चालन राजाकै रेखदेख तथा निर्देशनमा हुने भएकाले राजामा विशिष्ट गुणहरु हुनुपर्ने उल्लेख गरिएको छ । विद्वान तथा उच्च कुलमा जन्मेको, धार्मिक प्रवृत्तिले युक्त, भएको शिक्षित व्यक्ति राजा हुनुपर्ने बताएका छन् । राजामा दुरदर्शीता, महत्वकांक्षा, मानिसलाई चिन्ने शक्ति, तथा योग्य व्यक्तिको छनोट गर्नसक्ने, सामन्ती स्वभावलाई नियन्त्रण गर्नसक्ने, प्रजावत्सल, राज्य तथा प्रजाको सुरक्षाका लागि सेना सञ्चालन गर्न सक्ने तथा तत्काल निर्णय लिनसक्ने गुण राजामा हुनुपर्ने कुरा उल्लेख गरेका छन् । यी बाहेक पनि राजामा राज्यका अन्य विविध ज्ञान हुनुपर्ने कुरालाई उल्लेख गरेका छन् । 


    २. अमात्य
    कौटिल्य अर्थशास्त्रमा राज्यको स्वामीपछिको अर्को महत्वपूर्ण अंग आमात्य अर्थात मन्त्रीलाई लिएको पाइन्छ । उनका अनुसार राजालाई राज्य चलाउनका लागि आवश्यक सहयोगी अंगका रुपमा मन्त्रीलाई लिएको छ ।कौटिल्यले मन्त्रीलाई एउटा सारथीको रुपमा लिएको पाइन्छ । जसरी सारथीबिना रथ चलन सक्दैन त्यसरी नै मन्त्री बिना पनि राज्य चलाउन मुस्किल पर्दछ । उनले मन्त्री एक योग्य व्यक्तिलाई बनाउनुपर्ने कुरा उल्लेख गरेका छन् ।  कुलतमा लागेका अनुशासन हीन व्यक्तिलाई मन्त्री बनाउन नहुने विचार उनले राखेको पाइन्छ । त्यसैगरी मन्त्री कुनै प्रलोभनमा नफस्ने, विद्वान तथा राजालाई समेत उचित परामर्श दिन सक्ने क्षमता भएको व्यक्ति मन्त्री पदमा नियुक्त गर्नु पर्ने कुरा उल्लेख गरेका छन् । मन्त्रीले चापलुसी नगरी राजाको गल्ति समेत औंल्याउनु पर्ने भएकाले  स्वयम् अनुशासित शिक्षित र निडर समेत हुनुपर्ने बताएका छन् । मन्त्रीले राजाको अनुपस्थितिमा सम्पूर्ण राज्यको भार सम्हाल्नुपर्ने भएकाले देशको हित गर्ने र राजधर्म तथा राजाको विश्वासिलो पात्रलाई नियुक्त गर्नु उचित रहेको बताएका छन् । 
    ३. जनपद 
    कौटिल्यले जनता र भूमिलाई जनपदका उपमा उललेख गरेका छन् । जनता राजा र राज्यप्रति बफादार हुनपर्ने बताएका छन् । कुनै पनि राजयको भूमि वनजंगल भएको, कृर्षिका लागि योग्य, पानीका मुहानहरु भएको पहाड पर्वत सहितको भूमि राज्यको लागि आवश्यक पर्ने कुरा बताएका छन् । पशु, पंक्षीका लागि उपयुक्त, शैनिक किल्ला बनाउन उपयुक्त हुनुपर्ने भूमि राज्यका लागि आवश्यक हुन्छ । 
    ४. दुर्ग
    कौटिल्यका अनुसार राजयक विभिन्न अंगमध्ये दुर्ग पनि एक महत्वपूर्ण अंग रहेको बतताएका छन् । उनका अनुसार दुर्ग भनेको सुरक्षा हो । आफ्नो राजयलाई अन्य राज्यको आक्रमणबाट बचाउन दुर्ग आवश्यक रहेको कुरा कौटिलिय अर्थशास्त्रमा उल्लेख गरिएको पाइन्छ । दुर्गमा खानपिन तथा अन्य आवश्यक सामग्रीका साथै हातहतियार एवम् गोला बारदको प्रबन्ध हुनुपर्ने कुरा उल्लेख गरेका छन् । उनले दुर्गलाई सुरक्षाका दृष्टिकोणले जल, पर्वत, धावन र वन दुर्ग गरी चार भागमा बाढेको पाइन्छ । जल दुर्गमा पहाडकोवरिपरि नदी तलाउ आदिले घेरेको, पर्वत दुर्गमा उच्चा पहाडहरु जसलाई पर्खाले घेरेको, धावन दुर्गमा सुख्खा भूमि र आवतजावत तथा यातायातका साधन सहज रुपमा यताउती गर्न सकिने र वन दुर्गमा चारीतिर दलदलर झाडिीहरुले घेरेको भूमि हुनपर्ने उल्लेख गरेका छन् । 
    ५ कोष
     कौटिल्यका अनुसार राज्य सञ्चालनको एक महत्वपूर्ण अंगका रुपमा कोषलाइृ लिएको पाइन्छ । राज्यका विभिनन गतिविधि सञ्चालन गर्नका लागि अन्न धन लगायत महत्वपूर्ण वस्तुहरुको आवश्यक पर्ने भएकाले राजा तथा राजाले कोष सञ्चय गर्नुपर्ने कुरालाई उनले विशेषमहत्वका साथ लिएको पाइन् छ। राजयको कोष निरन्तर रुपमा बृद्धि हुनपर्ने कुरा उनले उल्लेख गरेका छन । उनले किर्षकहरुबाट अन्नको छैटौं भाग, व्यपारबाट दसौं भाग, पशु आदि व्यापारबाट पाचौं भाग तथा सुन चाँदि आदि बहुमूलय धातुहरुलाई करका रुपमा लिएर राज्यको कोष निर्माण गर्नुपर्ने कुरा उल्लेख गरेका छन् । राजाले कर उठाउँदा जनताले सजिलै तिर्नसक्ने कर मात्र निर्धारण गर्नुपर्ने बताएका छन् । 
    ६. दण्ड 
    राजाले राम्रो कामको पारितोषिक र नराम्रो कामका लागि सजाय दिनुपर्ने हुन्छ । उनले यस्तो कामको लागि दण्डका रुपमा सेनालाई उल्लेख गरेको पाइन्छ । राज्यको सूरक्षाका लागि सेना आवश्यक हुने गर्दछ । सैन्य बल नै राज्यको भविष्य भएकाले राज्य तथा राजयको सुरक्षाका लागि बफादार, वीर, पराक्रमी तथा जवान व्यक्तिहरुलाई सैनिकका रुपमा उपयोग गर्नुपर्दछ । सैनिकहरुलाई अस्त्रसस्त्र लगायत आवश्यक सेवासुविधा राज्यले उपलब्ध गराउनुपर्ने हुन्छ । 
    ७ मित्र 
    कौटिल्यले राज्यका सात अंग मध्ये मित्र पनि एक महत्वपूर्ण सिद्धान्त रहेको उल्लेख गरेका छन् । राजा तथा राज्यले छिमेकी मुलुकहरको मित्रवत सम्बन्ध हुनुपर्ने कुरालाई विशेष महत्वका साथ हेरेको पाइन्छ । आपतकालमा छिमेकीले सहयोग गर्ने भएकाले राजाले छिमेकीहरुसँग मित्रवत व्यवहार गर्नुपर्ने हुन्छ । राजाले कुन मित्र बनाउन योग्य छ त्यो कुरालाई विशेष विचार पुगाउनुपर्ने कुरा उल्लेख गरेका छन् । 


  • सम्बन्धित विषय:

  • # economic


  • प्रतिक्रिया दिनुहोस