मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

मझगाँउ विमानस्थल पुनःसञ्चालनका लागि शिलान्यास


पश्चिम प्रेस
बुधबार, पुस २८ २०७८
  • 1.5K
    Shares

  • images
    images
    मझगाँउ विमानस्थल पुनःसञ्चालनका लागि शिलान्यास

    महेन्द्रनगर । सशस्त्र दन्द्धको बेला असुरक्षाको कारण देखाउदै बन्द भएको कञ्चनपुरको मझागाँउ विमान स्थलको पुनःसञ्चालनका लागि शिलान्यास भएको छ । 
    बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मझगाउँ विमानस्थलको शिलान्यास गरेका हुन । २०३० सालमा सञ्चालनमा आएको विमान स्थल २०५६ सालमा बन्द भएपछि सञ्चालनमा आउन सकेको थिएन । विमानस्थलको २२ वर्षपछि  पुनःसञ्चालनका लागि शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री आलले मझगाँउ विमानस्थलमा छिट्टै विमान सञ्चालन हुने बताए । उनले निमार्णका लागि सबैलाइ सहयोग गर्न समेत आग्रह गरे । विमास्थलको पहिलो चरणमारनवे निमार्ण हुनेछ । मझगाउँ विमानस्थलमा १ हजार ५ सय मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण हुने छन ।

    5.png

    नागरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि २ करोड ५१ लख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ । विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहेको छ ।

    6.png
    2.png
    1.png


    प्रतिक्रिया दिनुहोस