महेन्द्रनगर । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचनलाई मानिए पनि नेपालको वर्तमान राजनीतिमा देखिएका विकृति र विसङ्गतिहरुले आम नागरिकमा त्यति उत्साह छाइएको देखिएन । देशबाहिर तथा देशका विभिन्न ठाउँमा रोजगारी तथा अध्ययनका लागि गएका मानिसहरु पनि पहिलेको जस्तो उत्साह भरेर निर्वाचनकै लागि घर फर्किने क्रम कमै देखिएको छ ।
कतिपय नागरिकहरु गाउँ तथा देशबाहिर रहँदा मतदाता परिचय पत्र बनाउनु नै बाँकी रहेका छन् भने कतिपय निर्वाचनकै लागि थुप्रो पैसा खर्च गरेर किन आउने जस्ता धारणा व्यक्त गरेका पनि सुनिन्छन् । विज्ञान र प्रविधिको युगमा विदेश तथा देशका अन्य ठाउँबाट मतदान गर्न सकिने व्यवस्था सम्म गर्न नसक्ने नेपाली राजनीतिले प्रविधिको विकासका एजेण्डा सार्वजनिक गरिरहनु लज्जास्पद कुरा हो ।
दल तथा उम्मेदवारहरुले आफ्ना घोषणापत्र तथ सभासमारोहहरुमा विज्ञान र प्रविधिका कुरा जतिसुकै हाके पनि व्यवहारमा भने लागु हुन सकिएकको छैन । लाखौँको ऋणको भारी बोकेर रोजगारीका लागि विदेश गएका नेपालीहरुले मतदानकै लागि स्वदेश फिर्ता हुँदा थुप्रै खर्च लाग्ने र खर्च गरेर पनि राजनीतिमा कुनै पनि वदलाव नआउने धारणाका कारण थुप्रै मतदाताहरु मतदानबाट ब१िचत रहनुपर्ने अवस्था छ ।
विज्ञान र प्रविधिको विकासमा संसारले फड्को मार्दै गर्दा अनलाइनका माध्यमले सामान्य मतदान सम्म गर्न सकिने प्रविधि प्रचलनमा ल्याउन नसक्नु आम नागरिकको दुर्भाग्य हो ।
.gif)