बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

आफू मत माग्न योग्य हुनुको आधार के हो ?


बिहीबार , कात्तिक २४ २०७९
  • 931
    Shares

  • images
    images
    आफू मत माग्न योग्य हुनुको आधार के हो ?


    संघ तथा प्रदेशको निर्वाचनको मिति नजिकिनै लाग्दा उम्मेदवारहरुले आम नागरिकका मतलाई आफ्नो पक्षमा ल्याउन विभिन्न आसाहरु बाड्न थालेका छन् । विभिन्न सभासमारोह लगायत व्यक्तिगत भेटघाटका माध्यमबाट उम्मेदवारहरुले मत माग्न थालेपछि आम नागरिकहरुले पनि आफ्ना मागहरु उम्मेदवारहरुसँग राख्न थालेका छन् । निर्वाचनको मुखमा जहिले पनि जस्तोसुकै माग पनि पुरा गर्ने प्रतिबद्धता गर्ने र पछि उक्त मागहरु सम्बोधन नहुने विगतको परिपाटी देखेर आम नागरिकहरु अहिलेका बाचाहरु पनि पुरा होलान् भन्ने पूर्ण विश्वास भने गर्न सकिराखेका छैनन् । नागरिकहरुले विगतको राजनीतिबाट थुप्रै पाठ सिक्दै आइसकेपछि विगत भन्दा अहिलेको निर्वाचन केही भिन्न तथा जटिल हुने आँकलन गर्न थालिएको छ । उम्मेदवारहरुले निर्वाचनको बेला जस्तोसुकै प्रलोभन पनि देखाउने र पछि विजय भएर गइसकेपछि फर्केरै नहेर्ने, आलटाल गरेर विभिन्न बाहानाबाजीमा दोष अर्कोमै थोपेरै पन्छिने परिपाटी विगतका राजनीतिले प्रष्ट देखाएको छ । मत माग्दा उम्मेदवारहरुले देखाउने राष्टिूयताप्रतिको मोह र स्थानीय ठाउँप्रतिको प्रेम पछिका दिन ठिक उल्टो हुँदै आएको एमसिसि लगायत अन्य थुप्रै राष्टियता विरोधि सन्धी सम्झौताहरुले प्रस्ट पारिसकेको छ । वाद तथा विचार एकातिर काम अर्कोतिर हुने परिपाटीले आम नागरिकहरु राजनीतिप्रति वितृष्ण हुँदै गइरहेको बेलामा उम्मेदवारहरुलाई पनि मतदाताहरुलाई आफ्नो पक्षमा पार्न कठीन छ । यस्तो अवस्थामा आम नागरिकले चनाखो भएर उम्मेदवारहरुलाई प्रश्न सोध्न सक्नुपर्दछ । उम्मेदवारहरुले घोषणापत्र दिदै गर्दा उक्त घोषणापत्रमा उल्लेख गरिएका एजेण्डाहरु पुरा पुरा हुने आधार के हुन उक्त कुरा आम नागरिकले बुझ्नु जरुरी छ । घोषणा गर्नु कुनै ठूलो कुरो होइन उक्त कार्यलाई पार लगाउनु महत्वपूर्ण हुने गर्दछ । घोषणपत्रमा गरिएका घोषणाहरु हाम्रा ठाउँका लागि आवश्यक हुन वा होइनन ? उक्त घोषणाहरु पुरा हुने आधार केके हुन ? उक्त कार्यबाट प्राप्त प्रतिफल के हो ? उक्त कार्यबाट आम नागरिकले कसरी लाभ लिन सक्छन् । त्यसका स्रोतसाधन देखि आवश्यक जनशक्ति उक्त ठाउँमा सहजै उपलब्ध हुने छ कि छैन ? त्यसले राष्टिूयतामाथि केकस्तो असर पुग्दछ लगायतका विभिन्न प्रश्नहरु आम नागरिकले उम्मेदवारहरुलाई सोध्न सक्नुपर्दछ । आफू स्वयम्ले पनि उक्त घोषणाहरुका बारेमा अध्ययन विश्लेषण गरेर निर्णय लिन सक्नुपर्दछ । नागरिक मत नै देश निर्माणको महत्वपूर्ण आधार भएकाले पाँच वर्षमा एक पटक आउने मौकालाई खेर फाल्नु हुँदैन । वर्तमान अवस्तथामा दल तथा उम्मेदवारहरुले आमा नागरिकका माझमा जाँदा एकअर्काका कमिमजोरी देखाउने र उसलाई झुटो साबित गरी आफ्नो दुनो सोझ्याउनपट्टि लागेका छन् । आम नागरिकले गाली दिन वा दोषरोपणमा को अघि छ भन्ने खोजेको होइन बरु योग्य हुनुको प्रमाण खोजेको हो । उम्मेदवारहरुले आम नागरिकहरुसमक्ष अर्को व्यक्ति र दलका कमिकमजोरीको व्याख्या सुनाएर आफूलाई चोखो साबित गर्नुभन्दा पनि आफू मत योग्य हुनुका आधार प्रष्ट्र पार्न सक्नुपर्छ ।




    प्रतिक्रिया दिनुहोस