बिहीबार , भदौ ४ गते २०८३ || Aug 20, 2026
  • यो साता चर्चामा :

हाम्रो प्रतिवद्धता


पश्चिम प्रेस
शुक्रबार, वैशाख १ २०८०
  • 563
    Shares

  • images
    images
    हाम्रो प्रतिवद्धता

    प्रतिबद्ध पत्रकारिताको मूल नाराका साथ २०७९ वैशाख ०१ गतेका दिन मोफसलको पत्रकारितामा यात्राको थालनी गरेको पश्चिमप्रेस दैनिकले आज एक वर्ष पुरा गरेको छ । विशेष गरी सुदूरपश्चिमलाई मुख्य कार्यथलो बनाएर यहाँका विविध विषयक्षेत्रका सूचनाहरुलाई प्राथमिकताका साथ सम्प्रेषण गर्दै आइरहेको छ । पाठकहरुको चाहाना, आवश्यकता र सहजतालाई मध्यनजर गरी छापा, अनलाइन तथा युट्युब च्यानलका माध्यमबाट सेवा प्रदान गरी समाजसुधार र राष्ट्रको विकासका लागि वकालत गर्दै आइरहेको यस दैनिकले यस क्षेत्रको भाषा, कला, साहित्य, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद, व्यापारव्यवसाय लगायत ज्ञानविज्ञानका विविध क्षेत्रमा कलम चलाउँदै आएको छ ।

    सामाजिक तथा राजनीतिक क्षेत्रका विकृति, विसङ्गतिहरुको विरुद्धमा आवाज उठाउने मात्रै नभएर समाजमा हुने गरेका अनुकरणयोग्य कार्यको समर्थन समेत गर्दै आइरहेको छ । विभिन्न पेशा, व्यवसाय तथा कलाका माध्यमबाट समाजलाई योगदान दिदै आइरहेका व्यक्तिहरुको खोजी गर्ने सन्दर्भमा होस या यस क्षेत्रको मौलिक पहिचानलाई सूचना प्रविधिका माध्यमबाट विश्वसामु पुगाउने कार्यमा यस दैनिकले सक्दो प्रयास गर्दै आइरहेको छ । युट्युब च्यानलका माध्यमबाट घरपरिवारका साथसाथै समाज तथा राज्यका विविध क्षेत्रमा नेतृत्व सम्हालिरहेका नारीहरुको सफलताको कथादेखि लिएर हमरि कुरडिका माध्यमबाट सुदूरपश्चिमको मौलिक पहिचान र यहाँको भाषा, कला, साहित्य, संस्कृति, इतिहास लगायत लोकवार्ताका विविध पक्षहरुको खोजी कार्यले हामीलाई झन् प्रेरणा प्रदान गरेको छ । त्यसैगरी पश्चिम बोल्छ, पश्चिम साहित्य, सङ्गीत टाइम, बिजनेस बेन्ज लगायतका कार्यक्रमहरुले समेत हामीलाई थप उर्जा प्रदान गरेको छ ।

    आम पाठक तथा दर्शकहरुका सल्लाह, सुझाव, टिप्पणी तथा हौसलाले यस दैनिकको आगामि यात्राका लागि सहजता र मार्गदर्शनको कार्य गरेको छ भने विज्ञापन दाताहरुले पश्चिम प्रेसको आगामी यात्रालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेलेको छ । समाचारका साथसाथै विविध विषयवस्तुमा कलम चलाएर लेख, रचना उपलब्ध गराइ सहयोग गर्ने यस क्षेत्रका प्राज्ञिक व्यक्तित्व एवम् सम्पूर्ण कलमजीवि सर्जकहरु विशेष धन्यवादका पात्र हुनुहुन्छ । त्यसैगरी अहोरात्र खटिएर आफ्नो जिम्मेवारी बहन गर्दै आइरहेका पश्चिमप्रेसका सम्पूर्ण पदाधिकारीहरुप्रति पश्चिम प्रेस दैनिक आभार प्रकट गर्दै आगामि यात्रमा समेत यहाँहरुको रचनात्मक सहयोग र सुझावको आसा गर्दछ । 


    प्रतिक्रिया दिनुहोस