शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

स्थानीय उत्पादन तथा कला प्रविधिका प्रवद्र्धनका एजेण्डा खै ?


पश्चिम प्रेस
आइतबार, कात्तिक २७ २०७९
  • 644
    Shares

  • images
    images
    स्थानीय उत्पादन तथा  कला प्रविधिका प्रवद्र्धनका एजेण्डा खै ?

    महेन्द्रनगर । देशमा चलिरहेको संघ तथा प्रदेशको निर्वाचनमा उम्मेदवारहरुले प्रस्तुत गर्दै गरेका घोषणापत्रहरुमा स्थानीय उत्पादन तथा यसक्षेत्रको परम्परागत कलाप्रविधिलाई मध्यनजर गरी त्यसको स्तरीकरण तथा प्रबर्धन हुने खालका एजेण्डाहरु कहीकतै देख्न सकिएको छैन्  । विगतकै रोड बनाउने, पुल बनाउने जस्ता एजेण्डाहरु मात्र कही कतै देखिएका छन् । उक्त घोषणापत्रमा देखिएका एजेण्डाहरु पनि केवल लोकप्रियताका लागि मात्र देखाइएका र तिनीहरु पुरा गर्ने आधारको अध्ययन समेत नगरिएका जस्ता लाग्दछन् ।

    उम्मेदवारहरु अब के गर्ने भन्दा पनि विगतमा गरिएका केही कामहरु देखाउने र गर्न नसकेका कामहरुमा अमुक व्यक्ति वा दलका कारण नभएका भन्ने निराधार लान्छना प्रस्ुतत गर्दै आइरहेका छन् । दल तथा उम्मेदवारहरुका घोषणा तथा एजेण्डाहरु अध्ययन गर्दा विकासको स्पष्ट खाका र आधारहरु कही कतै देखिदैनन् ।  कुनै पनि ठाउँको विकासका लागि स्थानीय भूगोल, उत्पादन र जनशक्ति महत्वपूर्ण हुने गर्दछ ।

    उक्त भूगोलमा प्राकृतिक रुपमा सहजै उपलब्ध हुने कच्चापदमार्थ, उत्पादन तथा त्यही क्षेत्रको जनशक्तिले प्रयोग गर्दै आइरहेको कला तथा प्रविधिको उपयोग र स्थरीकरणले विकासमा सहजता ल्याउने गर्दछ । एकातिर स्थानीय उत्पादनको खपत हुन्छ भने अर्कोतिर सीपयुक्त दक्ष जनशक्ति बाहिरबाट ल्याउनुपर्ने आवश्यकता रहँदैन ।

    कम खर्चमा बढी विकास गर्नका लागि सकेसम्म स्थानीयस्रोत साधनको प्रयोगले बढी महत्व राख्ने गर्दछ । यसले एकातिर स्थानीय जनसमुदायको आयआर्जन बृद्धि गर्दछ भने अर्कोतर्फ त्यही ठाउँकोजनशक्तिलाई उपयोग गरी रोजगारी सिर्जना गर्न सकिन्छ । सुदूरपश्चिममा परम्परागत रुपमा प्रचलनमा रहेका आँफर, डोकोडालो बनाउने, जुत्त बनाउने जस्ता विभिन्न कार्य हुँदै आइरहेका छन् । उक्त कार्यहरुलाई उद्योगका रुपमा स्थापित गरी सरकारले आवश्यक लगानी गरी अगाडि बढाउने  योजना बनाउन सकेको खण्डमा तिनीहरुलाई उद्योगको रुपमा पाउन सकिन्थ्यो ।

    हिमाली क्षेत्रमा हुने ऊन उत्पादनबाट स्थानीय रुपमा बन्ने दन, चुटुक, गलैचा लगायतका कपडाजन्य वस्तुहरु निर्माण गरी स्थानीय उत्पादनलाई देशविदेशसम्म पुगाएर आयआर्जन गर्न सकिन्छ । परम्परागत रुपमा बन्दै आएका कागज, मसी लगायतका वस्तु उत्पादन पनि यस क्षेत्रका मौलिक उत्पादन हुन । यसरी यस क्षेत्रमा परम्परादेखि चल्दै आएका यस्ता थुप्रै कला प्रविधिहरुको स्तरीकरण गर्न सकेमा मात्रै यस क्षेत्रको दीगो विकास हुने र  रोजगारीका अवसरहरु सिर्जना गर्न सकिने हुँदाहुँदै पनि त्यसप्रति दल तथा उम्मेदवारहरुले चासो देखाउन नसक्नु हाम्रो दुर्भाग्य बनेको छ ।

    आम नागरिकले सस्तो लोकप्रियता भन्दा पनि दीगो विकास र रोजगारी अवसर हुन भन्ने कुरालाई वेवास्था गर्दै विगतकै एजेण्डाहरु दोहर्याएर नागरिकसँग मत माग्नु आधारहीन राजनीतिको उदाहरण बहेक अरु केही हुन सक्दैन । 


    प्रतिक्रिया दिनुहोस