सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

तिमी त छाडा भइछेऊ 


पश्चिम प्रेस
शनिबार, मंसिर १० २०७९
  • 1.1K
    Shares

  • images
    images
    तिमी त छाडा भइछेऊ 


    चोरी भो चोरी भो ...
    के चोरी भो ?
    यो छोरीको जोवन चोरी भो । 
    मैले पहिलो पटक महिनावारी भएपछि गाएको गीत थियो यो । यहि गीतपछि हो मैले आमाको हातको पहिलो पिटाइ खाएको । आमाले उग्र स्वरमा भन्नु भएको थियो –“छोरी मान्छे भएर के गीत गाएको ? समाजले के भन्लान ? अबदेखि यस्तो गीत गाउने हैन ।  आमाले फेरी ढाडमा लागेको चोटलाई विस्तारै सुम्सुमाउँदै मलाई सम्झाएको याद आउँछ पहिलो र दोस्रो महिना म महिनावारी भएको कसैलाई थाहा दिइन तर तेस्रो महिनामा आमाले थाहा पाउनु भयो  । त्यसपछि आमा निकै रुनु भयो । किन भन्दा त्यो समयमा म मन्दिर पनि गएको थिएँ, पूजामा पनि गएको थिएँ, सराद्धमा पनि गएको थिएँ । अबपितृहरुले नराम्रोसँग सराप्छन् भन्ने आमालाई ठूलो डर थियो । म महिनावारी भएको थाहा पाएपछि मेरो घरमा एक खालको कोठे बैठक भएको थियो । छोरीले महिनावारी हुँदाकसकसलाई छोएको थिइँ, कहाँ कहाँ गएकी थिई ?  सूर्यनारायणले अब यो गल्तीको माफ देलान् त ? सानीमाको छोरोको अनुहार मैले पटकपटक हेरेको थिएँ के आयूमा कमि आउँला त ? यस्ता धेरै विषयको बारेमा छलफल भएको थियो । मलाई कठघरामा उभ्याएर सोधिएको थियो किन यस्तो गरेकी ? मैले आँखामा आँसु दौडाउँदै भनेकी थिएँ– डर लागेर । 
    छोरी १३ वर्ष ७ महिनामा पहिलो पटक महिनावारी भै । मलाई उ महिनावारी हँुदा औधि खुसी लाग्यो । मलाई थाहा थियो एउटा नारी महिनावारी हुनु भनेको जिन्दगीको अनेकौ उत्सव मध्येको पनि एउटा अमुल्य उत्सव हो । फेसबुकमा पनि स्टाट्स लेखेँ छोरीलाई बधाई दिएँ । यो खुसीको कुरालाई सबैको माझमा बाड्न खोजेँ धेरैले कमेन्ट पनि गरे बधाइ पनि दिए । धेरैले के नाटक गरेको पनि भने । सबैको प्रतिकृयामा आफूलाई पाएँ ।  छोरी बधाइ आउँदा निकै रमाएकी थिइँ । उसको लागि मीठो मीठो खानेकुरा, राम्रो लुगा पाएर ऊ निकै खुसीभइ । तर म्यासेजबक्सको म्यासेज पढेर उति नै डराइपनि रहेकीथिइ । यो कुरा केही होइन भनेर सम्झाइ रहँदा पनि उसको दिमागमा एक खालको डरले डेरा जमाइरहेको थियो । ममी मामाघर नजाने आमाले गाली गर्नु हुन्छ कि ममी घरमा नजाने आमाले गाली गर्नु हुन्छ ? धेरैले भनिरहेकाथिए–अब छोरी ठूली भै,अब छोरीको अझैँ केयर गर्नु, छोरीमाअब बैशालु उमेर सुरु भयो, छोरीलाई जोगाउनु है, बाबाको मुख हेर्न नदिनु आयु घट्छ दाजुभाइलाई नदेखाउनु हुँदैन,घाम नदेखाउनु धेरै दिननभएपनि सातदिन त घरभित्रै राख्नु । स्टाट्स राखेको धेरै धन्टा पछि एउटा फोन आयो । म्यासेन्जरमा । म उत्सुक भएर उठाएँ । लागेको थियो यो पनि बधाइको नै फोन होला तर त्यसो भएन उहाँले मलाई पहिलो शब्द नै के नाटक गरेको भनेर भन्नु भयो ? म अक्क न बक्क परेँ ? के भयो र दिदी छोरी पहिलोपटक महिनावारी भएकी छ उसलाई सात दिनसम्म लुकाउन छोडेर के  फेसबुकममा लेख्दै हिँडेकी । फेसबुक परिवार आफन्तले पनि चलाउछन् भन्ने बिस्यौ कि क्या हो । दुनियाँलाई देखाएर के रमिता हो यो । निकै बेर आफै बोलिरहनु भयो र अन्तिम वाक्य तिमी त छाडा भइछेऊ भनेर फोन राखिदिनु भयो । म उहाँको कुरा सुनेर प्रतिक्रिया बिहीन भएँ  उहाँले सोच्नु भएको थियो होला म चुप बस्नेमा पर्छु तर मैले फेरी फोन गरेर उहाँलाई भने– तपाईँको छोरीमाथि जसरी तपाईँले जे गर्नु भयो यसको हिसाब यतिबेला नगरुँ तर मेरो छोरीलाई मैले जे सिकाए त्यो अरुको लागि नराम्रो भए पनि मेरो लागि सबैभन्दा पूण्यको काम हो । मेरो छोरीमाथि मेरो अधिकार छ र मलाई थाहा छ मैले गलत गरेको छैन । मैले त्यही गरेँ जुन मलाई ठीक लाग्यो । त्यसपछिका दिनमा उहाँ मसँग त्यति बोल्नु हुन्न । उहाँको भाषामा भन्दा म निकै मुखाले भएकी छु । 
    भन्दछन् नी कुरा सबैको सुन्नु विचार आफ्नो राख्नु । मैले पनि सबैको कुरा सुने र विचार आफ्नो राखेँ । कुनै कुनै परम्परालाई तोड्नु पर्छ जुन कुराले बच्चाको मानसिकतामा नराम्रो असर गर्छ त्यस्तो प्रथाहरु समाजबाट हटाउनु पर्छ । बच्चाको संरक्षणको प्रमुख अभिभारा उसको अभिभावकको हो । घरमा अभिभावकले नै उसको लागि सहज वातावरण सिर्जना नगरि दिने हो भने पक्कै पनि बच्चाको स्वास्थ्यदेखि लिएर मानसिक असरहरु देखा पर्छन् त्यसैले पनि हामीले  उसलाई त्यो वातावरण निर्माण गरिदिएका थियौँ । महिनावारी हुँदा के हुन्छ ? कसरी प्याड लगाउने, कसरी आफ्नो स्वास्थयको बारेमा ध्यानदिने, कसरी सरसफाइमा विचार पु¥याउने आदि बारेमा हामीले उसलाई सिकाइ सकेकोे थियौ  । त्यसैले पनि उसको लागि हामीले खासै केहीगरिदिनु परेन । उसले आफ्नो व्यवस्थापन आफैले गरी जसले हामीलाई त सहज बनायो नै उसलाई पनि अरुसँग हेल्प मागिरहनु परेन । 
    – हामीले  छोरीलाई महिनावारीभएको अनुभव नै गर्न दिएनौँ  । मआफ्नो रगत देखेर आफैँलाई अचम्मलाग्ने उमेरमामहिनावारीहुँदाआफैले कसरी व्यवस्थापन गरेँ होला सोच्दाअहिले पनिअचम्म लाग्छ । न अहिलेको जस्तो सुविधा सम्पन्न समाजथियो न परिवार नै । मेरा हजुरआमाले, आमाले, दिदीहरुले, साथीहरुले र समग्रमा छोरी जातिले महिनावारी हुँदाभोगेको पीडाहरुको एउटा छुट्टै डर थियो । त्यसैले पनि मैले कसैलाई आफ्नो कुरा बाड्न सकिनँ तर  मेरो छोरी महिनावारीहुँदाउफ्रेर नाच्दै आएर ममी म पहिलो पटक पिरियड भएभनेर सुनाइ । उसले आफ्नो पिरियड अवस्थाको फोटो इस्ट्राग्राममा सेयर पनि गरी । उसलाई हामीलेदिएको शिक्षाले कामग¥यो । स्कुलमा पढाइएका कति कुराहरुबाट उसले बुझीसकेकीथिइँ । महिनावारी भनेको सामान्यप्रक्रियाहो । रगतबग्नुलाई खासै इसु बनाइरहनु पर्ने विषयहोइन तर जति नै हामीले शिक्षादिएपनि समाजले दिने शिक्षाले बच्चाहरुलाई मानसिक रुपमा असर गरिरहेको हुँदो रहेछ । जुन स्कुलमा पढेपनि घर र समाजले सिकाएको कुरा बच्चाले राम्रोसँग बुझ्ने रहेछन् । घरको संस्कार र समाजको संस्कारले बच्चाहरुलाई यसरी जकडिएर राखेको हुन्छ उनीहरुले चाहेर पनिआफूलाई दोषि देखाउन पछि हट्दैनन् ।
    – अहिलेको समयमा सबैभन्दाशक्तिशालीनारी  हुनुपर्छ । उनीहरुले नै हो समाजलाई परिवर्तन गर्ने । धर्म, रितिरिवाज परम्परा सबै कुरा नारीले नै धानिरहेका छन् । उनीहरुको दिमागमा यो समाजले संस्कार भन्ने शब्दलाई यसरी यसरी भरिदिएको छ कि?उनीहरुले चाहेर पनिआफूलाई बदल्न सकिरहेका छैनन् । बदल्नखोज्नेहरुकालागि यो सबै कुरा एउटा युद्ध बराबर छ । घरका, समाजका, आफन्तकासबैको विरुद्धमा गएर यीकामहरु गरिरहनु पर्छ । अलिकति घरकोबिग्रियो भने दोष एउटा नारीको हुन्छ ।
    – महिनावारी किशोरी तथामहिलाहरुमाहुने एक किसिमको जैविक प्रक्रिया हो । मर्यादित महिनावारीका लागि यस समय माहुने विभेदको अन्त्य हुँनै पर्छ । यो लैगिङ्क सवाल पनि हो । सुदुर पश्चिमका अछाम बाजुरा डोटी दार्चुला बैतडीका ग्रामिण क्षेत्रका महिलाहरुले आजपनि छाउपडी भनेर घरकाकुनै सामान नछुने र गोठमा बस्ने प्रथाहरु कायम नै छ । यस्ता प्रथाहरुको अन्त्य गरेर महिनावारी हुँदा छोरीलाई लुकाउने हैन खुसीयाली मनाउनु पर्छ । जति पनि बालबालिकाहरुका लागिप्रथाहरु छन् यी सबै एक खालको हिंसा हो । यो हिंसाको अन्त्य हुनुपर्छ । त्यसका लागि हामी नारी पुरुष मात्र नभएर सरकारले चालेका कदमहरु अझैँ पूर्णता पाइसकेका छैनन् । त्यसैले नागरिक समाजले यस्तो प्रथाहरुको अन्त्यको लागि केही नयाँ नितीहरु बनाउनु आवश्यक देखिन्छ । 

     

     

     

     


    प्रतिक्रिया दिनुहोस