सुदूरपश्चिमका कलाकार भुपी उपाध्यायको फूलजस्तै कोमल नामक नयाँ म्युजिक भिडियो बजारमा आएको छ । सोनिया राइको शव्द तथा सङ्गीतमा रहेको उक्त म्युजिक भिडियोमा मोडल भुपी उपाध्याय र मनिसा बोहराको मुख्य भूमिका रहेको छ । भुपी उपाध्याय विगत केही वर्ष यता मोडलिङ्का क्षेत्रमा काम गर्दै आइरहनु भएको छ । उपाध्यायका यसअघि पनि थुप्रै म्युजिक भिडियोहरु बजारमा आइसकेका छन् । भुपी उपाध्यायले अहिलेसम्म डिजे लोकपप, दोहरि, तीज तथा आधुनिक गरेर अहिले सम्म ४४ वटा भिडियो अभिनय गरिसकेका छन् । उपाध्यायको यसभन्दा अघि आएको यो साँझ नामक म्युजिक भिडियोले दर्शकहरुबाट थुप्रै माया पाएकाले छोटो समयमा नै अर्को भिडियो सार्वजनिक गरेको उनले बताए । २०५३ भाद्र १ गते झिलमिलामा जन्मिएका भुपी सानै उमेरदेखि नृत्य तथा अभिनयका सोखिन थिए । पश्चिममा आज मिडियामा पत्रकारिता समेत गर्दै आइरहेका भुपी विद्यालय पढ्ने बेलादेखि नै नृत्यमा सहभागी गरेको र विभिन्न मेलाहरुमा हुने नृत्य तथा अभिनयबाट यस क्षेत्रमा लाग्ने प्रेरणा मिलेको बताउँछन् । बजारमा धेरै प्रतिस्पर्धा भएकाले युवा पुस्ताले कलाकारिताको क्षेत्रमा आफ्नो पहिचान बनाउन निरन्तर अभ्यास तथा संघर्ष गर्नुपने उनको धारणा छ । सुदूरपश्चिममा संगीत तथा अभिनयको विकास गर्नका लागि स्थानीय कलाकारहरुलाई यस क्षेत्रका मञ्चहरुमा स्थान दिनुपर्ने उनको धारणा छ ।
.gif)