मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

परवल खेतीबाट मनग्य आम्दानी गर्दै दोधारा चाँदनीका किसान


पश्चिम प्रेस
शनिबार, पुस २३ २०७९
  • 589
    Shares

  • images
    images
    परवल खेतीबाट मनग्य आम्दानी गर्दै दोधारा चाँदनीका किसान

    महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाबरका खड्गे बुढाले २० वर्षदेखि परवल खेती गर्नुभएको छ । 

     उहाँले परवल खेतीबाटै घर खर्च जोहो गर्नुहुन्छ । कृषि पेशामा सक्रिय बुढाले वार्षिक एक/दुई लाखको परवल बेच्नुहुन्छ । “यहाँ बसोबास गरेदेखि परवल खेतीमा गरिरहेको छु, वार्षिक डेढ/दुई लाखको परवल बेच्छु”, उहाँले भन्नुभयो, “परवल बेचेर नै घर खर्च चलेको छ, कामको लागि कहिल्यै बाहिर जाने सोच आएन ।”

     उहाँ सात कठ्ठा जमिनमा परवल खेती गर्नुहुन्छ । मुख्य आयआर्जनको स्रोत कृषि पेशा रहेको उहाँले बताउनुभयो । “बाढीले ल्याएको बलौटे माटोमा परवल राम्रो उब्जाउ हुन्छ”, उहाँले भन्नुभयो, “कहिले धान, गहुँ पनि लगाउँछौँ तर त्यति राम्रो उब्जाउ हुँदैन, परवल, तरकारी, बदामको खेती राम्रो हुन्छ ।”
     
     कुतियाबरलाई एकापट्टिबाट महाकाली र अर्कोतिरबाट जोगबुढा नदीले घेरेको छ । बर्सातको समयमा आउने बाढीले खेतीमा क्षति पु¥याउने गरेको अर्का किसान अशोक सुनारले बताउनुभयो । सुनारले पनि परवल खेती गर्न थालेपछि घर खर्च जोहो गर्न अन्य काममा लाग्नुपरेको छैन । “चारैतिरबाट नदीले घेरेको भूभाग हुनाले बर्सातमा ज्यान जोगाउन गाह्रो हुन्छ, बाढीले खेतीपातीमा पनि क्षति पु¥याउने गरेको छ”, उहाँले भन्नुभयो, “अन्य खेतीभन्दा पनि परवलको उब्जाउ राम्रो हुनाले स्वदेशमै काम गरेर जीविकोपार्जन गर्न सहज भएको छ ।”

     एक पटक छरेको परवलको बीउले पाँच÷छ वर्षसम्म उत्पादन दिने गरेको उहाँले बताउनुभयो । “एकपटक छरेपछि पाँच÷छ वर्षसम्म बीउ छर्न पर्दैन, उत्पादन दिइराख्छ”, उहाँले भन्नुभयो, “त्यसैले पटकपटक लगानी गरिराख्नुपर्दैन, आफ्नो मेहनत मात्रै लाग्छ ।” दोधारा चाँदनीमा उत्पादन भएको परवलले स्थानीयस्तरमै बजार पाउन थालेपछि किसानलाई अझै राहत मिलेको छ । विगतमा दोधारा चाँदनीका किसानले स्थानीयस्तरमा बजार नपाउँदा परवल बिक्रीका लागि भारततिर लैजाने गरेका थिए ।

     “अचेल यतै गाडी चल्न थाले, अब हामीले आफ्नो उत्पादन बिक्रीका लागि पारी जानुपर्दैन”, विश्व मण्डलले भन्नुभयो, “दोधारा–चाँदनी, महेन्द्रनगर बजारमा परवल बिक्री गर्छौं ।” उत्पादनले स्थानीयस्तरमै बजार पाउन थालेपछि परवल खेतीमा लागेका किसान खुसी भएका छन् । “विगतमा बिक्रीका लागि परवल भारत लैजाँदा निकै सास्ती खेप्नुप¥थ्र्यो,” धाना मगरले भन्नुभयो, “स्वदेशमै सहजै हाम्रो उत्पादनले बजार पाइरहेको छ ।”

     परवल प्रतिकिलोग्राम रु ३५ देखि ४० को दरले किसानले बिक्री गर्ने गरेका छन् । एक कठ्ठा जमीनमा एक हप्तामा दुई क्विन्टलसम्म परवल उत्पादन हुने गरेको मगरले बताउनुभयो । “परवल उत्पादन सुरु भएपछि हप्ता दिनको फरकमा टिप्ने गर्छौं”, उहाँले भन्नुभयो, “एक पटकमा एक÷दुई क्विन्टलसम्म परवल उत्पादन हुन्छ ।”


  • सम्बन्धित विषय:

  • # परवल खेती
  • # दोधारा चादनी
  • प्रतिक्रिया दिनुहोस