टर्की । टर्की र सिरिया गरी अहिलेसम्म आठ हजार जनाको मृत्यु भएको हो । सिरियामा १,९०० भन्दा बढी मानिसको मृत्यु भएको छ । मानिस सुतिरहेको समयमा टर्कीको गाजियन्टेप नजिकै केन्द्रविन्दु भएर ७.८ म्याग्निच्युडमा भूकम्प गएको थियो। सोमबार बिहान ०४ः१७ मा गएको भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १७.९ कि.मि गहिराइमा थियो । भूकम्पका कारण हजारौँ भवनहरू भत्किएका छन् ।
सोमबार दिउँसोनै टर्कीमा अर्को शक्तिशाली भूकम्प गएको थियो।जुन ७.५ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु कहरामनमारस प्रान्तको एल्बिस्तान जिल्लामा थियो । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
.gif)