महेन्द्रनगर । कञ्चनपुरको बेलडाडी गाउँपालिका–५ झिलमिलाका दीपेन्द्र रानाले एक ट्रली उखु तौलिन चार दिन सडकमा रात बिताए । तीन दिनसम्म बाटोमै लाइन लागे भने चिनी मिल भित्र पसेपछि पनि एक दिन कुर्नुप¥यो । मंसिरदेखि उखु काटेर चिनी मिल पु¥याउन थालेका उनले हालसम्म १० ट्रली मात्रै ढुवानी गर्न सकेका छन । उखु काट्ने र ढुवानी गरेर ल्याउनुभन्दा मिलमा लाइन कुर्न निकै समस्या हुने गरेको उनी बताउँछन ।‘चिसोमा रातभरि ट्रलीमै सुत्नुपर्छ,’ उनले भने, ‘उखु तौल्ने पालो पाउनै गाह्रो हुन्छ ।’ एक ट्रली उखु तौलिन तीन÷चार दिन सडकमै रात काटनुपर्ने उखु किसानहरू बताउछन ।
उखु खेती गर्नुभन्दा बढी दुख तौलिने काममा हुन थालेको उनीहरूको दुखेसो छ ।मंसिरदेखि चैत अन्तिमसम्मै किसानहरू उखु काट्ने, ढुवानी गर्ने र मिलमा तौलिने काममा व्यस्त हुन्छन । अहिले नै किसानहरू उखु लगाउने काममा पनि जुटेका हुन्छन । तौलिन बढी समय लाग्दा सास्ती हुने गरेको उनीहरू बताउँछन । ‘उखु तौल्न जहिल्यै लाइन लाग्नुपर्ने र चिसो रातमा तीन÷चार दिन सडकमै सुत्नुपर्ने बाध्यता छ,’ बेलडाडी गाउँपालिका ३ वैवाहका लक्ष्मण चौधरीले भने, ‘सुरुमा पुर्जी पाउनै गाह्रो, पुर्जी पाइएपछि तौलिने समय पाउनै मुस्किल हुन्छ ।’ उनका अनुसार चिनी मिलले पुर्जी दिएपछि मात्रै उखु मिलसम्म ढुवानी गरिन्छ ।
त्यसपछि लाइन लागेर तौलका लागि कुर्नुपर्छ ।बेलौरी नगरपालिका १० भुडामा महाकाली सुगर मिल र पुनर्वास नगरपालिकामा भागेश्वर सुगर मिल सञ्चालनमा छन । दुवै मिलले एक सिजनमा २५÷२५ लाख क्विन्टल उखु पेल्दै आएका छन । चौधरीले तीन विघामा उखु खेती गरेका छन । हालसम्म डेढ बिघाको उखु बिक्री भइसकेको छ भने अझै आधा बाँकी छ । फागुन अन्तिमसम्म सबै बिक्री गरिसक्ने उनको योजना छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा दुई वटा चिनी मिल सञ्चालनमा छन । मिल आसपास उखु बोकेका ट्रयाक्टरदेखि गोरुगाडा र राँगा गाडाको लामो लाइन देखिन्छ । अधिकांशले ढुवानीकै साधनमा ओडने ओछ्याउनेदेखि खाट बोकेका हुन्छन ।
.gif)