शुक्रबार, कात्तिक २१ गते २०८३ || Nov 6, 2026
  • यो साता चर्चामा :

देहिमाण्डौँको घोरडिकाठा र पत्थरखानीमा  कहिले बन्ला मानिस हिड्ने बाटो ?


पश्चिम प्रेस
सोमबार, माघ १७ २०७८
  • 3.6K
    Shares

  • images
    images
    देहिमाण्डौँको घोरडिकाठा र पत्थरखानीमा  कहिले बन्ला मानिस हिड्ने बाटो ?


    बैतडीका नगरपालिकाहरु मध्ये दशरथ चन्द नगरपालिका सबैभन्दा जेठो नगरपालिका हो । जिल्ला सदरमकाम समेत रहेको यो नगरपालिका बाहिरबाट सुन्दा एक सम्पन्न नगरपालिका जस्तै लाग्दछ । राजतन्त्रकै पालामा नगरपालिका बनेको यो नगरपालिकामा भुगोलका हिसाबले पहाडी क्षेत्र हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो नगरपालिका धार्मिक पर्यटनका दृष्टिले समेत अग्र पंतिमा आउने गर्दछ । निङ्लाशैनी भगवती, जगन्नाथ, त्रिपुरासुन्दरी, ग्वाल्लेकेदार, ईश्वरी गंगा लगायतका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुले समेत चीर परिचित भारतसँगको सीमा जोडिएको नगरपालिका पनि हो । वर्तमान समयमा तीव्र रुपमा ठाउँठाउँमा सडक यातायातको बिस्तार भइरहेको अवस्थामा यस नगरपालिकाका थुप्रै ठाउँमा मानिस हिड्ने बाटो समेत नबनेको सुन्दा अचम्म लाग्ला । दशरथचन्द नगरपालिकाको वडा नं. २ मा रहेको देहिमाण्डौँका थुप्रै ठाउँमा मानिस हिड्ने बाटो समेत बन्न सकेको छैन । वडा नं. २ को रजाड, सरगड, फलाँटखर्कबाट वडा सदरमुकाम देहिमाण्डौँमा जान मानिस हिड्ने बाटो समेत अहिलेसम्म बन्न सकेको छैन् । फलाँटखर्क हुँदै देहिमाण्डौँ जान भीरको जोखिमपूर्ण बाटो भएर जानुपर्दछ । यस ठाउँका बालबालिकाहरुलाई विद्यालय जान र अन्य व्यक्तिहरुलाई बजारबाट विभिन्न समान ल्याउन यही बाटो भएर हिड्नुपर्छ , बित्ताभरको अति साँघुरो बाटो त्यसमा पनि ठूलो भीरैभीरको उकाली वरालीका कारण बटुवाहरुलाई हिड्न एकदम मुस्किल परिरहेको छ । यस ठाउँमा कुनै मानिस बिरामी परेमा अअस्पतालसम्म पुग्न स्टचरको प्रयोग गर्नु पर्छ । एकै जनाको लागि पनि हिड्न ठाउँ नभएको उक्त बाटोमा बिरामीलाई अस्पताल लग्न धौ धौ तथा जोखिम मोल लिनु पर्दछ । यस क्षेत्रबाट देहिमाण्डौँ बजार पुग्न या त पत्थरखानीको बाटो भएर जानुपर्दछ । पत्थरखानीको बाटो पनि अति सँघुरो र जोखिम युक्त छ । भारी लगेर यताउती जान अति मुस्किल पर्ने गरेको छ । झन बर्षतको समयमा त यी बाटाहरुमा जिन्दगी दाउमा लगाएर यताउति जानुपर्ने अवस्था रहेको छ । अहिले सम्म स्थानीय नागरिकहरुले पटक पटक स्थानीय सरकारलाई गुहार्दा पनि यो बाटो बन्न सकेको छैन । यस क्षेत्रमा बाटो बनाउन समयमै ध्यान नदिने हो भने विभिनन किसिमका दुर्घटना घट्न सक्ने खतरा रहेको छ । 


    प्रतिक्रिया दिनुहोस