मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नवरात्री सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड


पश्चिम प्रेस
बिहीबार , चैत ९ २०७९
  • 684
    Shares

  • images
    images
    नवरात्री सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड

    बैतडी। चैते नवरात्र सुरु भएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । चैते दसैँसम्म यहाँका विभिन्न शक्तिपीठ तथा मन्दिरमा पूजाआजा हुने भएकाले नवरात्रको सुरुआतसँगै दर्शनार्थीको भीड लागेको हो ।

    यो नवरात्रमा बसाइ सरेर तराई गएका पूजाआजाका लागि आउने गरेका पण्डित जयानन्द भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “नवरात्र सुरु भएसँगै पूजाआजा गर्न आएका दर्शनार्थीको भीड बढ्दै गएको छ । यो क्रम चैते दसैँसम्म रहन्छ ।” चैते नवरात्रमा यहाँका निङ्गलाशैनी, त्रिपुरासुन्दरी, मेलौली, डिलाशैनी, कफलाशैनी, फाल्ङाशैनी, पोटलाशैनीलगायत भगवतीका मन्दिरमा पूजाआजा सुरु भएको छ ।

    निङ्गलाशैनी र मेलौली मन्दिरमा चैते दसैँको दिन बलिसहित जात्रा हुने गरेको मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताउनुभयो । दोगडाकेदार, सिगास, महारुद्र, शिवनाथ, वासुलिङ्ग, उदयदेव, जगन्नाथ, भूमिराजलगायतका मन्दिरमा पनि चैते नवरात्रमा पूजाआजासहित जात्रा हुने गरेको छ । यसैबीच यहाँको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको प्राङ्गणमा हिङ्लो ठड्याइएको छ । चैते दसैँको घटस्थापनाको अवसर पारेर ‘हिङ्लो’ ठड्याइएको हो । हिङ्लो निर्माण समितिका संयोजक प्रकाश बोहराका अनुसार निङ्गलाशैनी भगवती मन्दिरमा रहेको पुरानो हिङ्लो जीर्ण भएपछि नयाँ हिङ्लो राखिएको छ ।

    निङ्गलाशैनी भगवती धार्मिक वनबाट देवदारको रुख काटेर नयाँ हिङ्लो निर्माण गरिएको हो । पिङ अर्थात ‘हिङ्लो’ मा भगवतीको सवारी भएर पिङ खेल्ने जनविश्वास रही आएको छ ।


  • सम्बन्धित विषय:

  • # नवरात्र
  • प्रतिक्रिया दिनुहोस