शुक्रबार, भदौ ५ गते २०८३ || Aug 21, 2026
  • यो साता चर्चामा :

चार विद्यार्थीलाई भीमदत्तद्धारा जनहि ५० हजार छात्रवृत्ति प्रदान


पश्चिम प्रेस
शुक्रबार, चैत १७ २०७९
  • 920
    Shares

  • images
    images
    चार विद्यार्थीलाई भीमदत्तद्धारा जनहि ५० हजार  छात्रवृत्ति प्रदान

    महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका चार जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
     नगरपालिकाका नगर प्रमुख पदम बोगटीले शुक्रबार एक कार्यक्रमका बीच सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत शुसिला जोशी,पुस्पा साउँद,भावना भट्ट र भुपेन्द्र सिंहलाई जनहि रु ५० हजार छात्रवृत्ति प्रदान गरेका हुन । 
      “कक्षा १२ उत्र्तिण गरिसकेपछि उच्च शिक्षा अध्ययनका लागि सहयोग पुगोस भन्ने उदेश्यले हामीले छात्रवृत्र्ति प्रदान गरेका छौ ।” नगर प्रमुख बोगटीले भने–“नगरपालिकाले उपलब्ध गराएको रकमले पढाईमा सहयोग पुग्ने अपेक्षा गरेका छौ ।” भीमदत्त नगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख हरिदत्त जोशीले नगरपालिकाको कार्यविधि अनुसार गत माघमा छात्रवृत्र्तिका लागि नगरपालिकाले आवेदन आह्वान गरेको बताए । उनले गत माघमा आवेदन आह्वान गरेको र  आवेदन आएका १५ जना मध्ये कार्यविधि अनुसार समावेशी रुपमा चार जना विद्यार्थीहरुलाई छनौट गरेको बताए ।
     उनका अनुसार नगरपालिकाले क,ख र ग गरि तीन समुहमा विभाजन गरेर सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि छात्रवृत्र्तिको व्यवस्था गरेको छ । समुह क मा एमबीबीएस र पाईलट पढ्ने विद्यार्थीहरुलाई रु दुई लाख ५० हजार,समुह ख मा ईन्जिनियर,नर्सिङ लगायतका अन्य प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीलाई रु एक लाख ५० हजार र समुह ग मा विज्ञान,व्यवस्थापन लगायतका अन्य विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई रु ५० हजार छात्रवृत्र्तिको व्यवस्था गरिएको शाखा प्रमुख जोशीले बताए । 


  • सम्बन्धित विषय:

  • # भीमदत्त नगरपालिका
  • प्रतिक्रिया दिनुहोस