वर्तमान नेपाली राजनीतिमा एमसिसी चर्चाको उत्कर्षमा पुगेको छ । सरकार देखि गाउँघरका कुनाकुना, सञ्चार माध्यमदेखि सामाजिक सञ्जाल, सभा समारोह देखि चिया पसल सम्म एमसिसीको बारेमा चर्चा नहुने ठाउँ नै छैन् । संसद देखि लिएर विभिन्न चोकहरुमा एमसिसीबारे चर्चा परिचर्चा र विभिन्न आन्दोल समेत भइरहेका छन् । देशको वर्तमान राजनीतिमा सबैभन्दा जटिल मुद्दाका रुपमा एमसिसी खडा भएको छ । एमसिसीलाई विश्लेषण गर्ने सबैका आ–आफ्ना धारणाहरु रहेका छन् ।
जसले जे जस्ता धारणा राखे पनि विगतका इतिहास र वर्तमान व्यवहारले एमसिसीलाई इष्ट इण्डिया कम्पनीको २१ औँ शताव्दीको नयाँ संस्करणका रुपमा बुझ्न सकिन्छ । भारत, चीन र अमेरिकाको वर्तमान सम्बन्धका आधारमा हेर्ने हो भने एमसिसीले भविष्यमा देशलाई द्वन्दतिर धकेल्न सक्ने खतरा पनि त्यत्तिकै रहेको छ । एम सि सि पास नहँुदै कार्यन्वयन सम्झौता गर्ने, घुमाउरो पाराले तत्काल आवश्यक नै नभएको तथा गरेमा अन्य विकल्पबाटै पनि भविष्यमा बनाउन सकिने ट्रान्समिसन लाइनको योजना एमसिसीबाट बनाउने कुरा बजेटमा राख्नु अमेरिकन दलालहरूको चर्तिकला खतरनाक छ । एमसिसीको वकालत गर्ने कथित मसिहाहरू किन भन्दैनन कि SOFA / ACSA सम्झौता पनि एमसिसीकै आङ्गिक सम्झौता हुनेछन र यी पूर्णतः सैनिक सरोकारका हुनेछन् जसबाट सजिलै नेपालमा अमेरिकी सैनिक गतिविधि बढनेछ, सैन्य बन्दोबस्ति आपूर्तिका नाममा नेपालमा बसेका अमेरिकन खुफियाले उत्तर र दक्षिणतिर आफ्ना ऐन्टेना सजिलै सोझ्याउने छन् । कथित दाडीवाल र चिल्ला (क्लिनसेभ) अर्थ विज्ञहरू अहिले आफ्नो प्रवृत्ति र प्रकृतिका धम्की तथा चिप्ला कुरा गरेर देशलाई अमेरिकी भडखालोतिर धकेल्दैछन । एक मनले सोचाँै त हामी मगन्ते र अरूका एहसानमन्द भएर विकास कहिले सम्म गर्छौँ ? के ती दाता उदारमना छन र ?आफ्नो स्वार्थ पर राखेर उदारमना भइ मित्रलाई कतिको सहयोग गरिरहेका छन् ? साहुगिरीमा आफ्नो देश चलाउन पल्केकाहरू के नेपालको मायाले भरिएर काम गर्छन त? ठिक छ अमेरिकन MCC कम्पनी साँच्चै नेपालीको कल्याण प्रेरित हो भने बनाइदेओस नि उपहार स्वरूप सडक र ट्रान्समिसन लाइन । एमसिसीमा यतिका सर्त का लफडा किन हुन् र यताका ऐजेन्ट किन भयादिन बटिकि ताकत किन लगाउदैछ् ? एक सामान्य नागरिकको लाटो बुद्धिले सोच्दा अहिले चर्चामा रहेका Belt and Road initiative (BRI), Millennium Challenge Cooperation (MCC) जस्ता प्रोजेक्ट खासमा भन्ने हो भने एकातिर उहिलेको इष्ट इण्डिया कम्पनी कै एक्काइसौँ शताब्दीका संस्करण हुन भने अर्को तिर अमेरिका र चीनको जुँगा लडाइँ का स्वरूप हुन् ।
आफ्नो उत्पादनको बजार तथा पुँजी बजार दीर्घकाल सम्म बनाइ रहन बच्चालाई फकाउन ललिपप दिन खोजिए झैँ अघि सारिएका हतियारका रूपमा प्रयोग गर्ने योजना हुन बिआरआई र एमसिसी । अन्तर्राष्ट्रिय कुटनीतिमा आफ्नो जुँगा माथि राखिरहने र नेपाल जस्ता देशबाट आफ्नो समर्थन बनाइरहने दाउमा विकासको एजेन्डा उठाइन्छ । उनीहरू ठूले साहुको बनिरहने र हामीले सधैँ तिनको असामी भैरहनु पर्ने नियति हो भने यिनका पछि लाग्नुको अर्थ छैन ।
अहिलेको अवस्थामा नेपालको परराष्ट्र तथा कुटनीतिक क्षमता दीर्घकालीन राष्ट्रिय हित प्रवर्धनका लागि डिल गर्न सक्ने स्थिति छैन । हाम्रो विकासको नीति यो हो र हामी यो गर्न चाहन्छौ भन्ने अडान लिएर दाता समक्ष प्रस्तुत हुनु भन्दा उनकै सर्तमा हात थाप्दै ल्याप्चे ठोक्ने बानीले वैदेशिक पर निर्भरता घटेर जानुको सट्टा बढाएर समाजवाद घोकिरहेका छौँ ।
अहिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आफ्नो कुनै एउटा पनि एजेन्डा स्थापित गर्ने र आफ्नो विकास को मोडेल चिनाउने प्रयत्न गर्ने र राष्ट्रिय स्वार्थलाई अधिकतम् पुर्ती गराउने छाँटकाँट देखिदैन । साउथ इष्ट, वेष्ट, नर्थ जसले जे भन्छ त्यसैमा सही गर्दै जाँदा हाम्रो कमजोरीबाट उनीहरूले कमाउने दाउ पाउछन् । यसकारण भविष्यमा देशलाई खतरामा पार्नसक्ने एमसिसी जस्ता कुनै पनि योजना राष्ट्रको हितमा नभएकाले अहिले सबैले अहिले नै चिार पु¥याउनु सान्दर्भिक देखिन्छ ।
.gif)