सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

कञ्चनपुरमा यसवर्ष गहुँको उत्पादन बढ्ने अनुमान


पश्चिम प्रेस
आइतबार, चैत २६ २०७९
  • 1.1K
    Shares

  • images
    images
    कञ्चनपुरमा यसवर्ष गहुँको उत्पादन बढ्ने अनुमान

    महेन्द्रनगर । कञ्चनपुरमा यसवर्ष गहुँको उत्पादन बढ्ने अनुमान गरिएको छ ।  समयमै खेती, सिँचाइ र उन्नत बीउबिजनको प्रयोगले यसपटक गहुँको उत्पादन बढ्ने अनुमान रहेको कृर्षि ज्ञान केन्द्र महेन्द्रनगरका सूचना अधिकारी हरि जोशीले बताए । “अहिले गहुँ भित्र्याउने समय हो, किसान खेतमै व्यस्त छन”, उनले भने, “अहिलेसम्म करिब २० प्रतिशत गहुँ चुटाइ सकिएको छ ।”
    जिल्लाका अधिकांश किसान गहुँ भित्र्याउन व्यस्त रहेका छन् । अहिलेसम्म करिब २० प्रतिशत गहुँ चुटाइ सकिएको छ ।

     “यसपटक तुसारो पनि परेन, बालीलाई त्यस्तो क्षति गरेको छैन”, जोशीले भने, “समयमै सिँचाइ र उन्नत बीउको प्रयोग भएकाले यसपटक उत्पादन बढ्ने अनुमान गरेका छौँ ।” यस वर्ष तीनदेखि साढे तीन मेट्रिक टन प्रतिहेक्टर गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रको अनुमान छ । कञ्चनपुरमा ३१ हजार दुई सय १० हेक्टर जमिनमा गहुँ खेती हुने गरेको छ । 

     गत वर्षको औसत उत्पादन तीन मेट्रिक टन प्रतिहेक्टर रहेको थियो । गत वर्ष ९४ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । कञ्चनपुरको भीमदत्त, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा, कृष्णपुर, बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा गहुँ खेती हुने गरेको छ ।


  • सम्बन्धित विषय:

  • # गहुँको उत्पादन
  • प्रतिक्रिया दिनुहोस