सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुप विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला


पश्चिम प्रेस
बिहीबार , माघ २० २०७८
  • 1.5K
    Shares

  • images
    images
    सुप विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुला

    महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीहरुका लागि आवेदन खुला गरेको छ । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दीक्षान्त समारोहमा भाग लिनका लागि स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीका लागि आवेदन फाराम खुला गरेको हो ।
    समारोहमा भाग लिन २०७४ साल असोज १ गतेबाट २०७८ भदौ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीमा अध्ययन गरेर उत्तीर्ण गरेका विद्यार्थीले माग १९ गतेदेखि फागुन १९ गतेभित्र फारम भर्न सक्ने छन । 
    दीक्षान्त समारोहमा भाग लिन गाउन र स्काफको धरौटी मूल्यसहित विद्यार्थीले स्नातक तहमा चार हजार र स्नातकोत्तर तहमा दुई हजार शुल्क बुझाउनु पर्ने छ । धरौटीबापतको २५ सय रुपैयाँ भने विद्यार्थीले समारोह सकिएसँगै फिर्ता पाउने छन ।

    272746197_479579660336867_5723233479932413956_n.jpg


    प्रतिक्रिया दिनुहोस