मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

बैतडीमा तातेको पन्यु चाट्ने ‘धुनी’जात्रा सम्पन्न   


पश्चिम प्रेस
शुक्रबार, वैशाख २२ २०८०
  • 2.7K
    Shares

  • images
    images
    बैतडीमा तातेको पन्यु चाट्ने ‘धुनी’जात्रा सम्पन्न   

    बैतडी । बैतडीमा वैशाख शुक्ल नवमीमा सुरु भई बुद्ध पूर्णिमाका दिनसम्म चल्ने धुनी जात्रा सम्पन्न भएको छ । जिल्लाको मेलौली नगरपालिका ५ महारुद्रमा आज (शुक्रबार) जात्रा सम्पन्न भएको हो ।  

    जात्रामा धामीहरूले आगोमा तताएर रातो बनाएको फलामको पन्युलाई चाट्ने गरेका र यो नै जात्राको मुख्य आकर्षण रहेको स्थानीयको भनाई छ । देवीको शक्तिको रुपमा धामीहरूले तताएर रातो बनाएको पन्यु चाट्ने गरेका र उनीहरूलाई केही पनि नहुने एक स्थानीयका बताए । 

    सुदूरपश्चिममा नै अलग पहिचान बोकेको यो जात्रामा शितलादेवीको रुपमा भगवतीको पूजाआजा गरिने र दर्शन गर्न नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थी समेत आउने गरेका छन । धुनीजात्रामा हरेक दिन भगवतीको विशेष पूजाआजा हुने गर्दछ । दमाहा बजाउने र धामी काप्ने तरीका नै यो जात्राका आकर्षण मानिन्छन् । धुनीजात्राको दर्शन तथा अवलोकनका लागि सैयौंको भीड लाग्छ । आगोको धुनी वरीपरी धामीहरू काँपेका दृश्य देखिन्छन् भने आगोमा तताएको पन्यु चाट्ने धामी हेर्नेहरूको समेत भीड लाग्ने गरेको छ ।

    शीतलादेवीको पूजाआजा गरेमा रोगव्याधी नष्ट हुने जनविश्वास रहिरहँदा मेलौली नगरपालिकाको अन्य ठाउँमा भगवतीको पूजाआराधना गर्दै धुनी जात्रा गरिन्छ । 


  • सम्बन्धित विषय:

  • # ‘धुनी’जात्रा
  • प्रतिक्रिया दिनुहोस