मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

विद्यार्थीलाई निःशुल्क पोशाक वितरण


पश्चिम प्रेस
सोमबार, वैशाख २५ २०८०
  • 422
    Shares

  • images
    images
    विद्यार्थीलाई निःशुल्क पोशाक वितरण
    महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा–५ ले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरेको छ ।
    वडा कार्यालयले वडा भित्र रहेका तीन वटा सामुदायिक विद्यालयका बनदेवि आधारभुत विद्यालय,सयपत्री आधारभुत विद्यालय र पबित्रा बस्ती आधारभुत विद्यालयका पाँच सय ९१ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको वडा अध्यक्ष टेक पाण्डेयले जानकारि दिए । “वडाका तीन लाख बजेटबाट सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरिएको हो ।” अध्यक्ष पाण्डेयले भने–“सामुदायिक विद्यालयमा गरिब,जनजातिका छोराछोरीहरु बढी हुने भएकाले सहयोग गरिएको हो ।”


  • सम्बन्धित विषय:

  • # विद्यार्थी
  • प्रतिक्रिया दिनुहोस