काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य मंगलबार बढेर प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ पुगेको हो । नेपाली बजारमा चाँदीको मूल्य भने स्थिर छ । पछिल्ला ५ दिनदेखि चादीँको मूल्य स्थिर रहेको छ ।
आज नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी नेपाली बजारमा गएको हप्ताको शुक्रबार पनि सोही मूल्यमा कारोबार भईरहेको थियो ।
.gif)