महेन्द्रनगर : कञ्चनपुर भन्सार कार्यालयले विभिन्न कारण देखाउदै मोटरसाइकल लगायत अन्य सवारी साधन लिलाम गर्न सकेको छैन । कार्यालयले विभिन्न कारण देखाउँदै सवारी साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा वर्षौ देखी लाखौका सवारीसाधन कार्यालयमै थन्किएका छन ।
लिलामी प्रक्रियामा कार्यालयले कोरोना र अन्य कारण देखाएपनि कार्यालय प्रमुखले चासो नदिदालिलामी प्रक्रिया अघि बढ्न नसकेको हो । भन्सार कार्यालयले लिलाम गर्नुपर्ने सवारी साधनको मूल्याङ्कन गर्नका लागि मेकानिकल इञ्जिनीयर नहुँदा लिलामी प्रक्रिया अघि बढ्न नसकेको जनाएको छ । कार्यालय स्रोतका अनुसार भन्सार कार्यालयमा आउने कार्यालय प्रमुखले लिमाल प्रक्रियामा अनावश्यक तनाव हुने भएकाले लिलाम प्रक्रिया अगाडी बढाउन चाहादैन्न । “सवारीसाधन लिलाम गर्दा विभिन्न क्षेत्रबाट दबाद आउने गर्छ ।” स्रोतले भन्यो–“कार्यालय प्रमुखहरुले चासो नदिदा लिलामी प्रक्रिया अघि बढ्न नसकेको हो ।”
भन्सार कार्यालयले सवारीसाधनको लिलाम गर्न नसक्दा राज्यको लाखौँ राजश्य समेत गुमेको छ । भन्सार कार्यालयमा ती सय बढी मोटरसाइकल र अन्य सवारीसाधनको लिलामी हुन सकेको छैन ।
.gif)