मंगलबार, असोज ६ गते २०८३ || Sep 22, 2026
  • यो साता चर्चामा :

नाबालिक बलात्कार आरोपमा बैतडीमा एक युवक पक्राउ


पश्चिम प्रेस
शुक्रबार, असार २२ २०८०
  • 1.4K
    Shares

  • images
    images
    नाबालिक बलात्कार आरोपमा बैतडीमा एक युवक पक्राउ

    बैतडी ।  बैतडीमा नाबालिक बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर–५ कुवाकोटका २० वर्षिय राकेश कुँवर करणी आरोपमा पक्राउ परेका हुन्।

    कुँवरले पुर्चौडीकै नाबालिक किशोरीलाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय  बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।

    कुँवरलाई  बिहीबार  पक्राउ गरिएको र  अदालतबाट म्याद थप गरेर  अनुसन्धान भैरहेको  उनले  बताए ।  अभियुक्त कुँवरलाई अहिले इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले  बताए । 

     


  • सम्बन्धित विषय:

  • # बलात्कार
  • प्रतिक्रिया दिनुहोस