सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ खरिद–बिक्री ?


पश्चिम प्रेस
आइतबार, साउन २१ २०८०
  • 613
    Shares

  • images
    images
    सुनको भाउ बढ्दा चाँदी स्थिर, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    महेन्द्रनगर । आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार छ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस