सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?


पश्चिम प्रेस
बुधबार, साउन २४ २०८०
  • 762
    Shares

  • images
    images
    लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

    महेन्द्रनगर । नेपाली बजारमा आज (बुधवार) पनि सुनको मूल्य घटेको छ । गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो ।

    मङ्गलवार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भएको थियो ।  

    त्यसैगरी, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मङ्गलवारको तुलनामा बुधवार चाँदी प्रतितोला १० रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । मङ्गलवार चाँदी प्रतितोला एक हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस