सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?


पश्चिम प्रेस
शुक्रबार, साउन २६ २०८०
  • 756
    Shares

  • images
    images
    लगातार पाँचौ दिन पनि घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    महेन्द्रनगर । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

    सोमबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ, मंगलबार प्रतितोला तीन सय रुपैयाँ, बुधबार प्रतितोला एक सय रुपैयाँ, बिहीबार प्रतितोला सात सय रुपैयाँ र आज प्रतितोला दुई सय रुपैयाँ घटेको हो । यो पाँच दिनमा सुनको मूल्य प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो । बिहीबार प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस