सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

आज सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ खरिद–बिक्री ?


पश्चिम प्रेस
बुधबार, साउन ३१ २०८०
  • 727
    Shares

  • images
    images
    आज सुन चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ खरिद–बिक्री ?

    महेन्द्रनगर । नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य सामान्य घटेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो । आज चाँदी प्रतितोला १ हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको थियो ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस