सोमबार, असोज ५ गते २०८३ || Sep 21, 2026
  • यो साता चर्चामा :

चार सय रुपैयाँले बढ्यो सुनको मूल्य


पश्चिम प्रेस
सोमबार, भदौ १८ २०८०
  • 955
    Shares

  • images
    images
    चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

    महेन्द्रनगर । नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमवार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतवार सुन तोलामा १०० रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ ।  चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा किनबेच भइरहेको छ ।


  • सम्बन्धित विषय:

  • # सुन चाँदी
  • प्रतिक्रिया दिनुहोस