महेन्द्रनगर । विगत लामो समयदेखि समसामयिक घटना तथा समाचार प्रकाशित गरिरहेको रुटिन अफ नेपाल बन्दको अफिसियल पेज अहिले फेसबुकमा अनपब्लिस गरिएको छ ।
रुटिन अफ नेपाल बन्दको एडमिन भनेर चिनिने भिक्टर पौडेलले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्दै पेज अनपब्लिस गरेको स्क्रिनसट राखेका छन् । उनले लेखेका छन्, ‘अब अट्याक गर्नुपर्दैन स्वार्थले खोलेको थिएन तै भएर बाल छैन.......बाकि कुरा पछि गरौला, नाउ आइएम फ्री, लिभ मि एलोन ।’
स्रोतका अनुसार विगत केही समयदेखि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) समर्थनमा लगातार पोस्टहरू हालेको भन्दै आलोचना भएपछि उनले पेज अनपब्लिस गरेको खुलेको छ ।
अहिले सामाजिक सञ्जाल फेसबुकमा रुटिन अफ नेपाल बन्द खोज्दा २ हजार लाइक भएको पेज देखिन थालेको छ । रुटिन अफ नेपाल बन्दको अफिसियल पेजमा ४० लाख बढी लाइक तथा फ्लोवर थिए ।
.gif)